साइबर अपराध सम्बन्धी सचेतना सामग्री

किन विवाद ?

काङ्ग्रेस न वामपन्थी - हामी सबै दामपन्थी, भनेजस्तै हो। धार्मिक फटाहाहरू अझ खतरनाक ! स्वामीजीहरू र कुनै पनि प्रवाचकको पछि लाग्ने होइन।पाखण्ड। काम, काम, काम । इमान, विवेक र मानवता, यही हो समाधान।

Nepal Telecom ad

धनराज गिरी :

बैकुण्ठनगरको एक चोक, जसको नाम राखिएको छ “सिल्ली चोक !” यो नाम राख्ने बाजे हुन् रामेन्द्रनारायण बिंडारी, उनको विचारमा काम नभएका सिल्लीहरू जम्मा भएर अनुत्पादक गफ गर्छन् यो चोकमा, भातमाराहरू, निरन्तरतामा क्रमभङ्ग भएको छैन। पहिले पहिले पहेँला सिल्लीहरूको रजगज थियो, यतिखेर राता र नीला सिल्लीहरू दिल्लीबाट निर्देशित भएर घोकेको ज्ञानको विज्ञापन गरिरहेका छन् ।

आज,चर्काचर्की पर्यो । हात हालाहाल नै हुन्थ्यो होला, तर कम उपस्थित हुने प्रोफेसर “आनन्दनारायण विवेकोपाध्यायको” आगमनले युवाहरू वायु बनेनन्। “सर, बसौं !” गोपीले कुर्सी छोड्यो।

“ओलीजीको भक्त सूर्यमुखी, लोकराज भुसाल र प्रचण्डजीको बजरङ्गबली वासुको बीचमा द्वन्द्वात्मक भौतिकवाद चलेको रहेछ। अर्को जोडी, “नास्तिकता र आस्तिकता” को बहसमा।

“सर,हजुर त प्रोफेसर जगमोहन आजादको पनि मितवा, हजुरलाई धेरै कुरा थाहा छ, यो राजनीति कता जान्छ ? यो धर्म के हो ? ईश्वरको अस्तित्व के हो ? के गरेमा देश बस्न लायक हुन्छ ? हामी त गाईको अनुहारको गोरु, भेडा, केही थाहा छैन। अलि छ्याङ्ग पार्न अनुरोध !” नम्र भएर बोल्यो सत्यनारायण चौधरी। “सर यो आस्तिक र नास्तिकको चक्कर पनि के हो ? के हमास र इजरायलको दीर्घरोग के हो ?” दीपेन्द्र ढुङ्गाना।

सबैको अनुहार हेर्यो प्रोफेसरले, उत्सुक सबै। अरू बेलामा जोक भनेर तहल्का मच्चाउने प्रोफेसर यतिखेर गम्भीर भयो।कलङ्की र कमलपोखरी सम्झियो । “बा, देशलाई कामलाग्ने, मानवताको पक्षमा लेख्नुहोस् ! पितामह शालूरनाथ गजुरेलको कुरा सही हो, अन्टसन्ट लेख्ने होइन। गुणरत्नमाला अङ्कलको भनाइ पनि अमृत हो। विवेकी बा, आफ्नो विवेकलाई व्यवहारमा उतार्नुहोस्।” छोरो आलोकनाथ सन्तोषको हार्दिक परमादेश सम्झियो।

बोल्यो प्रोफेसर,” जे भइरहेको छ,अति गलत भएको छ। यी अहिलेका नालायक समय अनायकहरूले सामाजिक सद्भाव खल्बल्याउने काम गरे। केको लागि विवाद ? किन विवाद ? किन यो रङ्ग र त्यो रङ्ग ? राजा रत्नकान्त र इन्द्रकान्त धेरै ठीक थिए,अहिले भन्न हुन्न। समस्या हामी हो। समस्याको केन्द्र हाम्रो मन हो। सबै इमानदार हुने, सबैले कर्तव्य पालन गर्ने । मिलेर देश बनाउने। उत्पादन बढाउने। केही समस्या छैन यो मुलुकमा, समस्या सोचमा छ। संस्कारमा छ। असल, इमानदार र योग्य मान्छे नभएको मुलुक हो र ?मेरा मितवा प्रोफेसर जगमोहन आजादजस्तो प्रतिभा फेसबुकमा भुल्न विवश, यो समाजले सदुपयोग गर्नुपर्दैन ?

हाम्रा प्रथम अयोध्यापति, एक सफल क्याम्पसप्रमुख सरलेश्वर महादेव अवतारभक्त दीप कहिल्यै सत्तामा नपुग्ने दलको झोला बोकेर हिँड्न विवश ! अरुण तेस्रो खेर गएको होइन ? यतिखेर सबै फटाहा, अनायकहरू। किन विवाद ?हामी उल्लू ! किन समर्थन गर्ने यी चोरहरूको ? अब रह्यो कुरा आस्तिकहरूको, नास्तिकहरूको,साथीहरू, जसले आफूलाई नास्तिक भन्छ, ऊ आस्तिक हो।

आस्तिक, तथाकथित आस्तिक, महानास्तिक हुन् ।जे हो, त्यो होइन। जे होइन, त्यो हो। जे देखिन्छ, त्यही सत्य हुने हो र ? लौ भनौं त,आस्तिक र नास्तिक सबैलाई चाहिने आधारभूत कुराहरू उही उही हो कि होइनन् ? काङ्ग्रेस न वामपन्थी – हामी सबै दामपन्थी, भनेजस्तै हो । धार्मिक फटाहाहरू अझ खतरनाक ! स्वामीजीहरू र कुनै पनि प्रवाचकको पछि लाग्ने होइन। पाखण्ड । काम, काम, काम । इमान, विवेक र मानवता, यही हो समाधान। सादगीलाई जीवनपद्धति बनाउने । सहयोगी हुने, झुपडीको मित्र हुने।

मेरो “शेर खान- शारदाभक्त विवेकी, हक्की” को जीवनशैली हेर्नू ! एक्लो हुन्छ स्वाभिमानी र इमानदार मान्छे,आफ्नो अडानमा बस्छ । किन विवाद गर्ने ? किन सिल्ली बन्ने ? अब यो चोकको नाम गजल चोक। मान्छे बन्नू,नेपाली बन्नू, इमानदार र कर्मयोगी हुनू। अनि हेर्नू जिन्दगी !!”

फर्कियो प्रोफेसर । “किन विवाद गरेको हामीले ?” सबैको मनमा प्रश्न घुम्यो।

०००
चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
ससम्मान भोजन !

ससम्मान भोजन !

धनराज गिरी
रकिब !

रकिब !

धनराज गिरी
ससुराली !

ससुराली !

धनराज गिरी
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x