साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पुरूषोत्तम आचार्यकृत ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन

सोलिड्यारिटी इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमबीच कृति विमोचन तथा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट उहाँलाई सम्मान गरिएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८० मङ्सिर ३० । पुरूषोत्तम आचार्यकृत पाँचौं कृति ‘जुनेली’ खण्डकाव्यको गृह विमोचन गरिएको छ ।

शनिबार सोलिड्यारिटी इन्टरनेसनल इङ्लिस बोर्डिङ स्कुलमा आयोजित एक कार्यक्रमबीच कृति विमोचन तथा युद्धप्रसाद मिश्र स्मृति साहित्य सम्मान २०८० बाट उहाँलाई सम्मान गरिएको हो ।

साहित्य सर्जक नवराज शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम प्रलेस मकवानपुरका अध्यक्ष श्रीराम अधिकारीको सभाध्यक्षतामा आयोजना गरिएको थियो ।

सर्जक सञ्जाल मकवानपुरका संयोजक निमेष निखिल, प्राध्यापक तथा साहित्य सर्जक निरा शर्मा, राजनीतिकर्मी तथा साहित्य सर्जक प्रदीप वालाचनले आचार्यको कृतिमाथि टिप्पणी गर्नु भएको थियो ।

वक्ताका रूपमा साहित्य सर्जक निरा शर्माले लोक लयमा आधारित कृति द्वन्द्वात्मक भौतिकवादमा आधारित रही लेखिएको रचनाले हरेक व्यक्तिलाई नेपाली समाजको चरित्र चित्रण गराइदिने बताउनुभयो ।

अर्का वक्ताका रूपमा साहित्य सर्जक निमेष निखिलले आचार्यको पुस्तकले समाजमा रहेका शोषित र पीडित वर्गले भोग्नुपरेको अन्यायको पक्षमा बोलेको बताउनुभयो ।

साहित्यकार आचार्यले आफ्नो पुस्तकका रचनाहरू गायन गर्नु भएको कार्यक्रममा नाट्य प्रस्तुति समेत गरिएको थियो ।

कार्यक्रममा प्रदेश सभा सदस्य माननीय प्रेमबहादुर पुलामी, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरपालिका वडा नं. ४ का अध्यक्ष नवीन सिग्देल, बागमती गाउँपालिकाका अध्यक्ष सर्केस घलानलगायतको आतिथ्यता रहेको थियो ।

मुना अर्याल, भावना सापकोटा, रजनी पौडेल, रोश्नी चौलागाईँ, राजकुमार लामिछाने, सुवास खनाल, बैकुण्ठ लामिछाने, सागर खनाल, विधान आचार्य, घनश्याम घिमिरे, हरि पौडेल, भवानी तिमल्सिना, स्वस्तिका दाहाल, विशाल अधिकारी आशुतोष लगायत साहित्य सर्जक, साहित्यसेवी, समीक्षकहरू उपस्थिति रहेको कार्यक्रमलाई प्रलेस मकवानपुरका सचिव चिरञ्जीवि लामिछानेले सहजीकरण गर्नु भएको हो ।

०००
– संप्रस पाैडेलद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x