साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अभिनव छन्दोबद्ध कविता पुरस्कार डिल्लीराज अर्याललाई

पुरस्कारका संस्थापक र प्राप्तकर्ताका बारेमा प्रकाश पार्दै संस्थाका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले आफ्नो शालीन भनाइ राख्तै पुरस्कार रकम बढ्दै गएको बताउनुभयो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० मङ्सिर ३० । अभिनवको २६२ अ‍ौं शृङ्खलामा बद्रीनाथ- अभिनव छन्दोबद्ध कविता पुरस्कार तथा सम्मानपत्र अर्पण कार्यक्रम सम्पन्न भएको छ ।

शारदा पराजुलीको सञ्चालन, विमल अर्यालको अध्यक्षता तथा काजी रोशनको प्रमुख आतिथ्यमा सम्पन्न यो कार्यक्रममा उद्धव रायमाझीबाट डिल्लीराज अर्यालको सम्मानपत्र वाचन गरेपछि छन्दकवि डिल्लीराज अर्याललाई सम्मानपत्र, दोसल्ला र नगद रू १० हजार समेत संस्थापक परिवारका रघुनाथ आचार्य,अध्यक्ष विमल अर्याल र प्रमुख आमन्त्रित काजी रोशनबाट संयुक्त रूपमा अर्पण गरिएको थियो ।

पुरस्कारका संस्थापक र प्राप्तकर्ताका बारेमा प्रकाश पार्दै संस्थाका अध्यक्ष गोविन्द घिमिरे वेदमणिले आफ्नो शालीन भनाइ राख्तै पुरस्कार रकम बढ्दै गएको बताउनुभयो ।

चामुण्डा मा वि का प्र अ गुणराज आचार्य आचार्यले संस्थापक परिवारका तर्फबाट मन्तव्य दिनुभएको थियो ।

पुरस्कृत व्यक्तित्व डिल्लीराज अर्यालले आफ्नो आभार मन्तव्यका साथै अनुष्टुप् छन्दमा रचित कवितावाचन गर्नुभयो ।

काजी रोशनबाट प्रमुख आमन्त्रितको मन्तव्यको क्रममा संस्थाहरू गतिशील बन्नलाई सदस्यहरू क्रियाशील हुनुपर्नेमा जोड दिनुभएको थियो र “अभिनव मेरो मन्दिर” शीर्षकको कवितावाचन पनि गर्नुभयो ।

पर्शुराम पराशरबाटआज वाचित रचनाहरूको समीक्षा प्रस्तुत गरेपछि प्रमुख आमन्त्रितबाट आज वाचितमध्ये छानिएका ४ रचनालाई पुरस्कारस्वरूप पुस्तकहरू प्रदान गर्नुभयो ।

अध्यक्ष विमल अर्यालबाट सभा समापनको क्रममा सबैप्रति हार्दिक धन्यवाद अर्पण गर्नुभयो ।

आज उपस्थित ४५ जनाजति स्रष्टा/ श्रोतामध्ये निम्न स्रष्टाहरूले रचना वाचन गर्नुभएको थियो – १.ओमप्रसाद कोइराला- छन्दकविता,२. देवकी खतिवडा – छन्दकविता,३.सरिता दुलाल घिमिरे गद्यकविता ४. बद्रीप्रसाद सुवेदी -छन्दकविता, ५. ठाकुरप्रसाद खतिवडा- छन्दकविता, ६. बुद्धिसागर पौडेल – लयात्मक गद्यकविता, ७. भावकेशर बराल- गद्यकविता, ७. मधुसूदन प्रसाद घिमिरे- गद्यकविता, ८. खोलाघरे साहिंलो- गजल “व्यथामा डुबेका कहानी निकै छन्…, ९. सीताराम पोख्रेल- गीत, १०.बाजुराम पौडेल-छन्दकविता, ११. नवराज पुडासैनी ज्योत्स्ना- ४ वटा मुक्तकहरश्र,१२. सम्पत् काफ्ले -छन्दकविता ,१३. घनश्याम प्रसाईं- कविता “सारा हराए कता ?, १४. सुशील आचार्य -सुसेली( हाईकूहरू), १५. कविराज घिमिरे -(भक्तपुर बुढ्यौली समाजका अध्यक्ष ) लेख्तै गरेको महाकाव्यभित्रबाट केही श्लोकहरू, १६.सुमन पुडासैनी मित्र-गजल” नियत खराब हुनेले अरूलाई दुखाउन सक्छन् .., १७. सुजना पन्त .. गद्यकविता, १८. ऋचा – गद्यकविता, १९. प्रदीपरत्न शाक्य-गद्यकविता, २०. गङ्गाप्रसाद भेटवाल – गद्यकविता, २१.भवानी अर्याल- गद्यकविता, २२. सुमित्रा श्रेष्ठ -मुक्तकहरू, २३.जयराम विडारी- गद्यकविता ।

०००
– खाेलाघरे साहिँलाेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x