साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बेलबारी साहित्य विकास समितिकाे भर्चुअल कविगोष्ठी

नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा भएको थियोे ।

Nepal Telecom ad

मोरङ, २०८० मङ्सिर २९ । बेलबारी साहित्य विकास समितिको ५८ओैँ शृङ्खला भर्चुअल कविगोष्ठीको रूपमा नेपाल प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य तथा नेपाल साहित्यिक पत्रकार सङ्घका महासचिव चेतनाथ धमलाको प्रमुख आतिथ्यमा भएको थियोे ।

यस शृङ्खलाका प्रमुख अतिथि धमलाले अहिले नेपाली समाजमा व्याप्त रहेको भ्रष्टाचार,पश्चगामी चिन्तन र सांस्कृतिक विद्रुपीकरणका विरुद्ध कविले प्रतिरोधात्मक कविता लेख्न सक्नुपर्छ । फतफत नारा लेखेर कवि हुन सकिँदैन ।कवि हुन त कवितामा कला र विचारको सुललित हुनुपर्छ भन्ने धारणा राख्नुभएको थियोे ।

यस शृङ्खलाकाअतिथि कविहरूमा मुक्ति पोखरेल, दुर्गाप्रसाद सिग्देल, शकुन्तला मञ्जरी, शारदा कार्की, बिनुबाबा कार्की, टीका मिलन घिमिरे, निर्मला बराल, विष्णु भण्डारी आचार्य, गङ्गा पौडेल, रश्मी रिमाल र उत्तम भेटवालले आआफ्ना कविता वाचन गर्नुभएको थियोे ।

कविगोष्ठीको सञ्चालन तथा अध्यक्षता बेलबारी साहित्य विकास समितिका अध्यक्ष तिला लेकालीले गर्नुभएको थियोे । यस क्रममा उहाँले आफ्नो गजलवाचनसहित भर्चुअल कविगोष्ठीको समापन गर्नुभएको थियोे ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x