साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार- २०७९ विजय हितानलाई

गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

Nepal Telecom ad

मकवानपुर, २०८० पुस ०८ । अरनिको अन्तर्राष्ट्रिय पुरस्कार- २०७९ विजय हितानको उपन्यास लाहुरेको रेलिमाईलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

गैरआवासीय नेपाली संघको अरनिको अन्तर्राष्ट्रिय पुरस्कार व्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले एक विज्ञप्ति जारी गर्दै २०७९ सालभरिमा गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका विविध विधाका नेपाली वाङ्मयका कृतिमध्ये विजय हितानको उपन्यास ‘लाहुरेको रेलिमाई’ लाई पुरस्कार प्रदान गर्ने निर्णय गरिएको हो ।

समितिले गैरआवासीय नेपाली साहित्यकारद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई हरेक वर्ष २ लाख नगद राशि र सम्मानपत्रसहित ‘अरनिको अन्तर्राष्ट्रिय पुरस्कार’ प्रदान गर्दै आएको छ ।

पहिलो पटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको ‘संकलित गद्य रचना’ लाई प्रदान गरिएको थियो । त्यसैगरी २०७८ सालको पुरस्कार चेतनाथ आचार्यको उपन्यास ‘रुइबा’ लाई प्रदान गरिएको थियो ।

लाहुरेका रूपमा प्रथम विश्वयुद्धमा होमिएका मास्टर मित्रसेन विशेषतः गीतसंगीत मार्फत् नेपालीहरूप्रति चेतनाका कारूणिक गीतहरूका लागि चिनिनुहुन्छ । उहाँकै जीवनकथामा आधारित आख्यान ‘लाहुरेको रेलिमाई’ ले प्रथम विश्वयुद्धमा होमिएका सैनिकहरू, मृत्युसँग पौँठेजोरी गर्दाताकाको उनीहरूको दगुरादगुर, घरपरिवारका सम्झना र त्यसबेलाको समाजका अनेक पाटालाई विदारक एवम् कारुणिक चित्रण प्रस्तुत गरेको छ । बेलायतमा बसोबास गर्दै आउनु भएका लेखक हितानलाई गैरआवासीय नेपाली संघले एक विशेष समारोहबीच सो पुरस्कार प्रदान गर्नेछ ।

लाहुरे दाइको रेलिमाई फेसनै राम्रो
रातो रुमाल रेलिमाई खुकुरी भिरेको
यस गीतका साथै ‘मलाई खुत्रुक्कै पार्‍यो जेठान’, ‘अब त जाउँ न कान्छी’ लगायतका गीतहरू उनै मास्टरसेन थापाका सिर्जना हुन् । हितानद्वारा लिखित यस पुस्तकमा विदेशी भूमिमा बलीको बोको भएर सेनामा जानुपर्दाका पीडाहरू लेख्दै सेनाको जागिर छोडेर समाजसेवा, साहित्य र सङ्गीतमा प्रशस्त योगदान गरिएका तथ्यहरूलाई शिलशिलेवार प्रस्तुति पाइन्छ ।

साथै पुरस्कारका सम्बन्धमा साहित्यकार हितान भन्नुहुन्छ-
हर्षको समाचार । यो पुरस्कार तथा सम्मान मैले होइन मास्टर मित्रसेनले, मित्रसेन सम्बद्ध संघसंस्था र व्यक्तिहरुका लागि- प्रथम विश्वयुद्धमा गएर लड्ने गोर्खाली योद्धा जसले २०८ बर्षभन्दा लामो समयबाट अलग अलग देशबीच सहकार्यको संस्कार स्थापना गरे, जसले लाहुरे परम्परा र लाहुरे ब्रान्डको निर्माण गरे ।
बेलायत/भारत/सिङ्गापुर/ब्रुनाईमा सेवारत गोर्खा लाहुरे, निवृत गोर्खा सैनिक, नेपाल प्रहरी र नेपाली सेनामा सेवारत तथा निवृत सैनिक, लाहुरे परिवारसँग आवद्ध आमा/श्रीमती/दिदीबैनी/छोरी, प्रकाशनगृह साङ्ग्रिला बुक्स, यसको सम्पूर्ण परिवार र समग्रमा नेपाली साहित्यमा युद्ध साहित्यलाई प्रवद्र्धन गर्ने साहित्यिक संस्था र लेखकहरूले प्राप्त गरेको महसुस गरेको छु । जसले भोगेर आउनु भएको जीवन आफैँमा एक बृहत् अन्तर्राष्ट्रिय इतिहास हो । ‘लाहुरेको रेलिमाई’ लाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार प्रदान गर्ने पुरस्कार व्यवस्थापन टिमप्रति हार्दिक आभार व्यक्त गर्दछु ।”

पर्यासाहित्य लेखनका सिद्धान्तबारे चर्चा गर्दै प्रा.डा. गोविन्दराज भट्टराईको सम्पादनमा पुस्तक समेत लेख्नु भएका उहाँको पछिल्लो पर्या साहित्य अङ्गालेका कृतिहरू ‘बागमती ब्लुज’ (कविता सङ्ग्रह), ‘थकिन पृथ्वी’ (कथासङ्ग्रह), ‘स्वच्छन्द सुसेलीहरू भाग १ र २’ (सामूहिक कविता सङ्ग्रह) तथा ‘ब्लु प्लानेट’ (कथासङ्ग्रह) समेत प्रकाशन भइसकेको छ ।

०००
– संप्रस पौडेलद्वारा सम्प्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x