साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोह्रौँ वार्षिकोत्सवमा ‘सुरभि’ले पुरस्कृत गर्ने भयाे सात स्रष्टालाई

‘गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार’ ध्रुव सापकोटालाई, ‘सुरभि-बाजुराम आख्यान साधना पुरस्कार’ प्रा.डा. गोविन्दराज भट्टराईलाई, ‘सुरभि-रमा-बद्री निबन्ध पुरस्कार’ प्रा.डा. माधवप्रसाद पोखरेललाई, ‘सुरभि-अच्युतराम लघुकथा पुरस्कार’ श्री महेश प्रसाईँलाई दिने निर्णय ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस ११ । सुरभि साहित्य प्रतिष्ठानले आफ्नो सोह्रौँ वार्षिकोत्सवको अवसरमा २०८० माघ २० गते शनिबारको नियमित कार्यक्रममा सात जना स्रष्टाहरूलाई पुरस्कार तथा सम्मान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानले ‘गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार’ ध्रुव सापकोटालाई, ‘सुरभि-बाजुराम आख्यान साधना पुरस्कार’ प्रा.डा. गोविन्दराज भट्टराईलाई, ‘सुरभि-रमा-बद्री निबन्ध पुरस्कार’ प्रा.डा. माधवप्रसाद पोखरेललाई, ‘सुरभि-अच्युतराम लघुकथा पुरस्कार’ श्री महेश प्रसाईँलाई दिने निर्णय गरेकाे छ ।

त्यस्तै, ‘सुलेख आख्यान प्रतिभा पुरस्कार’ इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, ‘सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार’ ललिता दोषीलाई र ‘सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार’ लिलाराज दाहाललाई दिने निर्णय भएको छ ।

साथै, प्रतिष्ठानले उक्त कार्यक्रममा प्रा.डा. ऋषिराम पोखरेललाई अभिनन्दन गर्ने निर्णयसमेत गरेको छ ।

यी पुरस्कारहरूको राशि रु. १०,००५/- देखि २५,००५/- सम्म रहेका छन् ।

पुरस्कारहरूका लागि व्यक्तित्व छनौट समितिमा संयोजक सुरभि साहित्य प्रतिष्ठानका संरक्षकद्वय वरिष्ठ साहित्यकार तथा पत्रकार विजय चालिसे एवम् वरिष्ठ समालोचक तथा हास्य व्यङ्ग्यकार युवराज मैनाली तथा सुरभिका तर्फबाट सचिव अच्युत घिमिरे रहेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x