साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ज्येष्ठ नागरिक र सम्मानको नारा

पार्छन् निर्मूल स्रोत भ्रष्ट जनले खुल्दैन खै पोल त्यो नौलो खेल छ न्यायभित्र अहिले हान्दैन हो गोल त्यो लाखौँ वृद्ध बिमार गुन्द्रुक भुटी खाई बसे झोल त्यो मिल्ने छैन निशुल्क औषध यहाँ जाबो सिटामोल त्यो॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

नारामात्र छ ज्येष्ठ नागरिकको सम्मानगर्ने कुरा
गर्छन् भाषण केन्द्रका महलमा कुर्लेर ज्यादा भुरा
मेची होस् कित पूर्व पश्चिमतिरै कालीसँगै टाकुरा
भारी बोक्दछ वृद्धले पिठिउँमा रोजै उठाई जुरा॥१

के संस्कार रहन्छ बिर्सिन गए पूर्वीय ती पद्धति?
बिर्सिन्छन् सब लोक धर्म नरले हाम्रा पुराना जति
गर्दै नक्कल मात्र धेर परको दौडिन्छ मान्छे जहाँ
के टिक्ला पहिचान वृद्ध जनकै माथा गिराए यहाँ॥२

उम्दा सुन्दर ज्ञान शिल्प सहसा छन् वृद्धमा नै सब
पुस्ता जो पछिको छ सो ग्रहण नै गर्दैन मान्छे जब
केले बन्दछ देश उन्नत महान् सम्पन्नशाली अब?
दौडिन्छन् सब दूर देशतिर नै मान्दै ठुलो उत्सव॥३

खेदिन्छन् सब दक्षव्यक्ति अहिले पाखा लगाईवरी
ओकट्छन् पद नै अयोग्य जनले नाता उनैका भरी
कोरिन्छन् न त योजना गरिबका उत्थानमा बेसरी
थप्छन् केवल शुल्क दस्तुर यहाँ खप्टेर नाना थरी॥४

पार्छन् निर्मूल स्रोत भ्रष्ट जनले खुल्दैन खै पोल त्यो
नौलो खेल छ न्यायभित्र अहिले हान्दैन हो गोल त्यो
लाखौँ वृद्ध बिमार गुन्द्रुक भुटी खाई बसे झोल त्यो
मिल्ने छैन निशुल्क औषध यहाँ जाबो सिटामोल त्यो॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

रामशरण न्याैपाने
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

रामशरण न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x