साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मुशायरा-जश्न-ए-गालिबमा स्रष्टाहरूद्वारा गजल वाचन

कार्यक्रममा उर्दू अकादमीका अध्यक्ष गजलकार इम्तियाज वफाको उर्दू गजलसंग्रह ‘रम्ज–ए–वफा’ पनि सार्वजनिक भयो । सो कृतिको समीक्षा कवि मोविन खानले गर्नु भएको थियो भने कवि गालिबको परिचय प्रा. डा. सनतकुमार वस्तीले गर्नु भएको थियो ।

Nepal Telecom ad

काठमाडौं , २०८० पुस ११ । भारतीय दूतावास, नेपाल प्रज्ञा प्रतिष्ठान र उर्दू अकादमी नेपालले संयुक्त रुपमा आयोजना गरेको मुशायरा – जश्न – ए – गालिबमा स्रष्टाहरूले ‘मिर्जा असदूल्लाह खान गालिब’को सम्झनामा गजल वाचन गर्नु भयो ।

भारतीय दूतावासका प्रतिनिधि गीताको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा कविहरू मोविन खान, इम्तियाज वफा, साकिव हारुनी, अलताफ, अन्जर शवा, सगीना खान, तबस्सुम, फुरकान फैजी, करिम अन्जुम, बाबु त्रिपाठी, डा. सनत कुमार वस्ती लगायतले गजल वाचन गर्नु भएको थियो ।

सोही कार्यक्रममा उर्दू अकादमीका अध्यक्ष गजलकार इम्तियाज वफाको उर्दू गजलसंग्रह ‘रम्ज–ए–वफा’ पनि सार्वजनिक भयो । सो कृतिको समीक्षा कवि मोविन खानले गर्नु भएको थियो भने कवि गालिबको परिचय प्रा. डा. सनतकुमार वस्तीले गर्नु भएको थियो ।

कार्यक्रमको उद्घाटन तथा कृतिको लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति भूपाल राईले गर्नु भएको कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका माननीय कुलपति निशा शर्मा, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व केन्द्रीय अध्यक्ष एवं साहित्यिक पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली लगायत अतिथिका रुपमा रहनु भएको थियो ।

भारतीय राजदुतावासले मासिक रूपमा आयोजना गर्दै आएको ‘नेपाल–भारत साहित्य समारोह’मा यसपटक गालिबको जन्मजयन्तीको आयोजना गरिएको हो । गालिब विश्वप्रसिद्ध उर्दू शायर हुन् ।

कार्यक्रममा प्रमुख अतिथि कुलपति राईले गालिबको नामसँग जोडिएको कार्यक्रममा उपस्थित हुन पाउँदा खुसी लागेको बताउँदै प्रतिष्ठानले भाषा साहित्यका क्षेत्रमा गर्दै आएको कामको उल्लेख गर्नु भएको थियो ।

सो अवसरमा डा. मोविन खानले सन् १८५७ देखि सायरी परम्परा सुरु भएको बताउँदै मिर्जा गालिबको सायरी (गजल)को चर्चा गर्नु भएको थियो ।

सो अवसरमा प्रा.डा. सनतकुमार वस्तीले मिर्जा गालिबको गजलका शेरहरूमा दार्शनिक अभिव्यक्तिको प्रचूर गहिराई भेटिने बताउनु भएको थियो । कार्यक्रममा सिराज खान, सभापति गीता लगायतले पनि मन्तव्य राख्नु भएको थियो ।

कार्यक्रमको संचालन भारतीय दूतावासका प्रतिनिधि सत्येन्द्र दहियाले रोचक ढंगले गर्नु भएको थियो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x