साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा आमा एवं जेष्ठ नागरिक

छन् जेष्ठका विगतका, अति नम्य कर्म । जोगाउनै कठिन भो, नबुझेर मर्म ।। बृदा र बृद्ध जनका, शुभ साधना छन् । माया दया सुजनता, उपदेश दिन्छन् ।।

Nepal Telecom ad

के.पी.पौडेल जस्ताघरे :

छन्द : पञ्चचामर–
समग्र बुद्धि रोप्दिने, छ श्रेष्ठ भाव जेष्ठमा।
सहस्र शिल्प भर्दिने, विचार हुन्छ बृद्धमा।।
विकार रोक्न तम्सिने, छ उच्च शक्ति बृद्धमा।
दशा र कष्ट छेक्दिने, विकल्प हुन्छ जेष्ठमा।।-१

छन्द : भुजङ्गप्रयात–
यहाँ बृद्ध बृद्धा, उज्याला भला हुन् ।
कला तेज भर्ने, अनौठा सिरा हुन्।।
सबै बृद्ध बृद्धा, पुजौँ उच्च ठानी ।
सुनौलो र उम्दा, बनोस् जिन्दगानी।। -२

छन्द : शार्दूलविक्रीडित–
पाका मानिस बृद्ध बा हजुरबा, खोज्छन् सहारा लिन।
अाफ्नै प्राण हियो फियो पनि कतै, छोड्लान् कि टेवा दिन ।।
बृद्धा बृद्ध सबै खुबै पिडित छन् , हेरून् तमासा हरि !
सारा सन्तति भावना पर हुँदा, रुन्छन् बिलौना गरी ।।-३

छन्द : स्रग्विणी—
बृद्ध बा मातृका, साथमा बस्छ को ?।
जेष्ठका रुग्णका, वेदना सुन्छ को? ।।
जीर्णका देहका, दुर्दशा मेट्छ क‍ो?।
जेष्ठका त्यागका, शृङ्खला पढ्छ क‍ो?।।-४

छन्द : उपजाति–
छोरा बुहारी , वनिता कता छन् ।
माता पिताका, दुखका कथा छन् ।।
छन् इष्ट साथी, सब छन् धरामा ।
पिता र माता, तर छन् व्यथामा।।- ५

छन्द : मन्दाक्रान्ता—
पाका मान्छे घर मुलुकका, शक्तिका मूल बन्छन् ।
राम्रा उम्दा अनुभवहरू, युक्ति सल्लाह दिन्छन् ।।
अाफ्ना प्यारा जनन सबमा, शिल्पका भाव छर्छन्।
भोको नाङ्गो विवशपनमा, लालका पेट भर्छन्।।-६

छन्द : वसन्ततिलका–
छन् जेष्ठका विगतका, अति नम्य कर्म ।
जोगाउनै कठिन भो, नबुझेर मर्म ।।
बृदा र बृद्ध जनका, शुभ साधना छन् ।
माया दया सुजनता, उपदेश दिन्छन् ।।-७

छन्द : अनुष्टुप्
पुराना सोचले दिन्छन् , आधार ज्ञान शिल्पका।
बुढा पाका खुला हुन्छन्, दया माया विचारका।।
नयाँ हुन्छन् खुबै काँचा, रङ्ग ढङ्ग प्रकारका।
पाकाहरू मियो बन्छन् , देव देवी समानका।।-८

लोक छन्द –
लोकले पुज्ने ईशको रूप देखिन्न खोजेर।
घरका देव पुज्दैनन् मान्छे हिँड्दछन् कुल्चेर।।
गरौँ है माया बाबा र माता माथ हुन् ती हाम्रा ।
आँखाले देख्ने हातले भेट्ने ईश हुन् ती राम्रा ।।-९

०००
बट्टार,नुवाकोट हाल: ,बालाजु, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
बुबा

बुबा

विदुर अधिकारी
पाका तथा बालक छन् बिहाल

पाका तथा बालक छन्...

वेदप्रसाद रिजाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x