फित्काैली डटकमचन्द्रागिरि साहित्य प्रतिष्ठानको १७२ औं श्रृङ्खला
चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. बमबहादुर जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सम्पन्न भयो ।

काठमाडौं, २०८० पुस १९ गते । चन्द्रागिरि साहित्य प्रतिष्ठानका अध्यक्ष जनार्दन अधिकारी धड्कनको अध्यक्षता एवं वरिष्ठ साहित्यकार डा. बमबहादुर जितालीको प्रमुख आतिथ्यमा भएको कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा जितालीले मन्तव्य दिनु हुँदै आज धेरै पछि गुणस्तरीय जमघटमा स्तरिय कार्यक्रमसमयामयिक विषयमा रचनाहरू आए । कवि चेतावनामा धक्का भएपछि कल्ले सिर्जना लेख्दैन र ? भन्दै रचना सुनाउनु भयो ।
‘पहिले पहिले कोरियामा निर्यात हुन्थ्यो धान
अहिंसा भने हतार गर्छन् कोरियामा जान ।’
आज देशको परिस्थितिलाई समेटिएको खोरिया, कविता, मुक्तक सुने एकदम खुशी लाग्यो भन्नु हुँदै उहाँले शुभकामनाको दिनु भयो ।
वरिष्ठ साहित्यकार गंगा लिगलले जीवन सुन्दर फूलसँगै तुलना गर्नु हुँदै साहित्यको उचाई सगरमाथा जस्तै तुलना गर्नुहुँदै चन्द्रागिरि साहित्यको प्रविधि मैत्री कार्यक्रम अन्तराष्ट्रिय बनेको छ १७२ औँ श्रृङ्खलासम्म पुग्नुमा साँच्चै साहित्यको सेवा हो भन्नु हुँदै शुभकामना दिँदै रचना सुनाउनु भयो ।
चूडा निर्भिकको उद्धघोषणमा भएको सो कार्यक्रममा आमन्त्रित अतिथि साहित्यकारहरू लक्ष्मीप्रसाद मिश्र, सुरेश घिमिरे, उत्तम भेटवाल, सन्जना शर्मा, शारदा आचार्य, रेणु घिमिरे, सरला तिमल्सिना, सरिता वाग्ले, भगवती दवाडी, द्वारिका कुईंकेल, लगायत १६ जनाले आ-आफ्नो रचना वाचन गर्नु भयो ।
अध्यक्ष जनार्दन अधिकारी धड्कनले अध्यक्षको आसनबाट खोरियाको सैद्धान्तिक अवधारणा प्रस्तुत गर्नु हुँदै खोरिया लोक छन्द हो शीर्षक दिएर धेरै खोरिया लेख्न पनि सकिन्छ भन्दै खोरिया विभिन्न भाकामा प्रस्तुत गरेर प्रमुख अतिथि जिताली लगायत सम्पूर्ण साहित्यकारज्यूहरूमा धन्यवाद ज्ञापन गर्नु भई मन्तव्य सहित कार्यक्रम समापनको घोषणा गर्नु भएकाे थियो ।
०००
– ‘धड्कन’द्वारा सम्प्रेषित
Subscribe
Login
0 Comments
Oldest





































