साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी

काउन्सिलको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाको साहित्यिक बिट हेर्ने पत्रकारहरूको उपस्थितिमा भाषाविद् शरत्चन्द्र वस्तीले विशेष मन्तव्य राखे ।

Nepal Telecom ad

काठमाडाैं, २०८० पुस १९ । नेपाल प्रेस काउन्सिलको आयोजना र नेपाल स्रष्टा समाजको संयोजनमा ‘साहित्यिक पत्रकारितामा भाषिक एकता’ विषयक गोष्ठी सम्पन्न भएको छ । समाजले साताव्यापी कार्यक्रम अन्तरगत गोष्ठी सम्पन्न गरेको हो ।

गत मङ्गलबार काउन्सिलको सभा हलमा सम्पन्न कार्यक्रममा साहित्यिक पत्रपत्रिका तथा अनलाइन पत्रिकाको साहित्यिक बिट हेर्ने पत्रकारहरूको उपस्थितिमा भाषाविद् शरत्चन्द्र वस्तीले विशेष मन्तव्य राखे ।

वस्तीले भाषा मानव जीवनको मूल भएको चर्चा गर्दै भाषाको नयाँ आयाम प्रकट गर्ने मुख्य आधार साहित्य भएको बताए । उनले रचना गर्दा प्रयोग हुने भाषा गलत र अशुद्ध भए त्यसले साहित्यलाई नै बिगार्ने बताए ।

मन्तव्यका क्रममा वस्तीले भने, “भाषा बिगार्नु अराजकता हो । भाषालाई भत्काउनुहुँदैन । जे छ, त्यही लेखिनुपर्छ ।”

उनले नेपाली भाषा कमजोर नभएको तर भाषामा अन्योल धेरै रहेको उल्लेख गर्दै शब्दमा अक्षरको खुट्टो काट्न देवनागरी लिपिले आज्ञा नदिएको बताए ।

कार्यक्रमका प्रमुख अतिथि अग्रज साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले सर्वमान्य भाषाकोशको आवश्यकतामा जोड दिँदै सरकारले मानक भाषाका लागि विशेष समिति बनाउनुपर्ने बताए ।

प्रा.डा. गोविन्दराज भट्टराईले सीमापारि रहेर सिर्जना गर्ने नेपाली भाषी साहित्यकारहरूले भाषा भत्किँदै गएकोमा चिन्ता व्यक्त गरेको उल्लेख गरे ।

प्रेस काउन्सिलका अध्यक्ष तथा कार्यक्रमका सभापति बालकृष्ण बस्नेतले कार्यक्रममा धेरै प्रश्न उठ्न सक्ने र तिनको जवाफ खोज्यौँ भने साहित्यिक पत्रकारिताको भाषामा शुद्धता र एकरूपता आउने विश्वास व्यक्त गरे ।

समाजका अध्यक्ष श्रीओम रोदनले चासोको विषय भएकाले काउन्सिलसँग सहकार्य गर्दै यो गोष्ठी गरेको बताए ।

कार्यक्रममा राधेश्याम लेकाली, मोहन दुवाल, दीपक पाण्डे र झविन्द्र भुसालले बोलेका थिए ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x