फित्काैली डटकमजर्मनी च्याप्टरद्वारा आयोजित अनेसास साहित्यिक समारोह सम्पन्न
कार्यक्रम अन्तर्गत “जर्मनीमा नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य” विषयक विमर्शमा जर्मनीको साहित्यिक इतिहासको बारेमा खड्ग न्यौपानेले जानकारी गराएका थिए ।

जर्मन, १४ जनवरी २०२४ । जर्मनीको स्टुटगार्टमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास), जर्मनी च्याप्टरद्वारा आयोजित अनेसास साहित्यिक समारोह सफालताका साथ सम्पन्न भएको छ ।
करिब १०० जनाको सहभागिता रहेको सो समारोहमा दुई दर्जन बढि श्रष्टा, सर्जकहरुले आआफ्नो कविता, गीत तथा गजल प्रस्तुत गरेका थिए भने साहित्यिक विमर्शहरु पनि समावेश गरिएका थिए ।
कार्यक्रम अन्तर्गत “जर्मनीमा नेपाली साहित्यको इतिहास, वर्तमान र भविष्य” विषयक विमर्शमा जर्मनीको साहित्यिक इतिहासको बारेमा खड्ग न्यौपानेले जानकारी गराएका थिए भने अनेसास जर्मनीको भावी योजनाका बारेमा अनेसास, जर्मनी च्याप्टरका अध्यक्ष सुजाता घिमिरे राउतले जानकारी गराएकी थिइन्।
अनेसास अफ्रिका च्याप्टरका सल्लाहकार एवं अनेसास जर्मनी च्याप्टर गठनमा पछिल्लो पटक सकृय भूमिकामा रहेका सुबास चन्द्र सापकोटाले अनेसासको सामान्य परिचय सहित अनेसास जर्मनी च्याप्टरको औचित्यमाथि प्रकाश पारेका थिए । विमर्शको संचालन कपिल अर्यालले गरेका थिए ।
त्यसैगरी, प्रवासी श्रष्टाहरुलाई आफ्ना कृति प्रकाशनमा सघाउ पुर्याउने हेतुले सिमा ढुङ्गानाद्वारा संचालित “प्रवासी साहित्य प्रकाशनका अवसर र चुनौतीहरु” विषयको विमर्शमा ‘अंजुलीमा थाप्न पाए’ र ‘आफैलाई खोज्न मन छ’ कृति का सर्जक कवि तथा गीतकार सागर फुयाल, ‘क्षितिज पारिको बस्ती’ का रचियता कवि लीलाराज कार्की तथा ‘आभा’ उपन्यासका उपन्यासकार एवं कवि सुमन सिंखडाले आ-आफ्नो प्रकाशनको अनुभव सुनाएका थिए । 
कार्यक्रममा सहभागी श्रष्टा सागर फुयाल, खड्ग न्यौपाने र लीलाराज कार्कीले आफ्ना कृतिहरु बापत जम्मा भएको रकम सहयोग स्वरुप अनेसास जर्मनी च्याप्टरलाई प्रदान गरेका थिए । अनेसास, जर्मनी च्याप्टरकी अध्यक्ष सुजाता घिमिरे राउतबाट आयोजक तथा सहभागीहरूलाई धन्यवाद दिदै जर्मनीमा नेपाली साहित्यलाई अझ विकास र विस्तार गर्ने प्रतिबद्धता सहित कार्यक्रमको औपचारिक समापन भएको थियो।
अनेसास जर्मनीका कार्यसमिती सदस्य लगायतलाई आजीवन सदस्यताको प्रमाणपत्र वितरण गरेर समापन गरिएको कार्यक्रमको संचालन एलिजा हुमागाईं र रमण जैसेरीले गरेका थिए ।
०००
– निर्मल अर्यालद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































