साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वृद्ध

त्याग वृद्धले क्रोध घात हो । मौनता लिनू बाझ्नु मात हो ।। मान थामियोस् ओज गाइयोस् । वृद्ध धन्य हुन् सुन्न पाइयोस् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

बाबु हुन् कि वा हुन् पितामह ।
मातृ वा बजै मिष्ट हुन् मह ।।
छन् फूपू दिदी साथमा भने ।
भाग्य सम्झिनू देव यी बने ।।१

वृद्ध छन् भने चल्छ त्यो घर ।
बन्दछन् यिनै वंश नोकर ।।
पर्दछन् सदा छेउ बालक ।
सभ्यता दिने श्रेष्ठ चालक ।।२

फाल्दछन् निशा ल्याउँछन् दिन ।
स्वच्छता दिने वृद्ध हुन् चिन ।।
हेर राम्ररी वृद्धका व्यथा ।
घाउमा दिनू औषधी यथा ।।३

मूल हुन् यिनी हुन्छ सिञ्चन ।
गर्दछन् निका दिव्य चिन्तन ।।
योजना दिने राष्ट्रको मियो ।
वृद्धले निभे बाल्दछन् दियो ।।४

त्याग वृद्धले क्रोध घात हो ।
मौनता लिनू बाझ्नु मात हो ।।
मान थामियोस् ओज गाइयोस् ।
वृद्ध धन्य हुन् सुन्न पाइयोस् ।।५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
वृद्धका सकसको …

वृद्धका सकसको …

कविराज घिमिरे
वृद्ध हुन् कि वा युवा…

वृद्ध हुन् कि वा...

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

रामशरण न्याैपाने
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

विद्या अनामिका तिवारी
डोको ल्याउनु है बा आमा

डोको ल्याउनु है बा...

भावना न्याैपाने
आधार ज्येष्ठको होस् !

आधार ज्येष्ठको होस् !

कविराज घिमिरे
आधार ज्येष्ठको होस् साथी बनोस् समाज

आधार ज्येष्ठको होस् साथी...

मुक्ति अस्तित्त्व
0
Would love your thoughts, please comment.x
()
x