सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

वृद्ध

त्याग वृद्धले क्रोध घात हो । मौनता लिनू बाझ्नु मात हो ।। मान थामियोस् ओज गाइयोस् । वृद्ध धन्य हुन् सुन्न पाइयोस् ।।

Nepal Telecom ad

कविराज घिमिरे :

बाबु हुन् कि वा हुन् पितामह ।
मातृ वा बजै मिष्ट हुन् मह ।।
छन् फूपू दिदी साथमा भने ।
भाग्य सम्झिनू देव यी बने ।।१

वृद्ध छन् भने चल्छ त्यो घर ।
बन्दछन् यिनै वंश नोकर ।।
पर्दछन् सदा छेउ बालक ।
सभ्यता दिने श्रेष्ठ चालक ।।२

फाल्दछन् निशा ल्याउँछन् दिन ।
स्वच्छता दिने वृद्ध हुन् चिन ।।
हेर राम्ररी वृद्धका व्यथा ।
घाउमा दिनू औषधी यथा ।।३

मूल हुन् यिनी हुन्छ सिञ्चन ।
गर्दछन् निका दिव्य चिन्तन ।।
योजना दिने राष्ट्रको मियो ।
वृद्धले निभे बाल्दछन् दियो ।।४

त्याग वृद्धले क्रोध घात हो ।
मौनता लिनू बाझ्नु मात हो ।।
मान थामियोस् ओज गाइयोस् ।
वृद्ध धन्य हुन् सुन्न पाइयोस् ।।५

०००
भक्तपुर

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध

वृद्ध

कविराज घिमिरे
वृद्ध

वृद्ध

कविराज घिमिरे
सुकन्या (बुढ्याैली)

सुकन्या (बुढ्याैली)

कविराज घिमिरे
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल