फित्काैली डटकमसङ्खुवासभा प्रतिभा पुरस्कार कवि सोमराज अभयलाई समर्पण गरिने
शब्दयात्रा प्रकाशनले जनाए अनुसार यो पुरस्कार आगामि माघ १३ गते शनिबार एक समाराेहका बीच समर्पण गरिनेछ । यसै वर्ष विराटनगरमा अभयका एकैपटक ८ वटा काव्यकृति लाेकार्पण भएका थिए ।

काठमाडौं, २०८० माघ ४ । शब्दयात्रा प्रकाशनले सङ्खुवासभा जिल्लाका प्रतिभालाई हरेक वर्ष प्रदान गरिने ‘शब्दयात्रा प्रा.केदारनाथ–लीला श्रेष्ठ सङ्खुवासभा प्रतिभा पुरस्कार’ २०८० सालका लागि महाकाव्यकार सोमराज अभयलाई समर्पण गर्ने निर्णय गरेको छ ।
सोमराज अभय कट्टेलको जन्म सङ्खुवासभाको खाँदबारीमा १९९८ सालमा भएको हो । उनका पूजा (लघुकाव्य, २०२४), नौ निबन्ध (निबन्धसङ्ग्रह, २०४१), मदिरामन्दको घोडदौड (निबन्धसङ्ग्रह, २०४७), सूर्यनारायण (खण्डकाव्य, २०५६), अनुगुञ्जन (कवितासङ्ग्रह, २०६२) र विद्रोही काले (महाकाव्य, २०६२), महार्चन महाकाव्य प्रकाशित छन् ।
यसै वर्ष विराटनगरमा अभयका एकैपटक ८ वटा काव्यकृति लाेकार्पण भएका थिए । अभयकाे बसोवास हाल विराटनगरमा रहेकाे छ ।
यो पुरस्कार यसअघि कवि ज्ञान उदास र कलाकार पदमप्रसाद पौडेललाई समर्पण गरिएको थियो ।
शब्दयात्रा प्रकाशनले जनाए अनुसार यो पुरस्कारको कोष व्यवस्थापन प्रा.केदारनाथ–लीला श्रेष्ठले गरेका हुन् ।
पुरस्कार आगामि माघ १३ गते शनिबार एक समाराेहका बीच समर्पण गरिनेछ ।
०००
Subscribe
Login
0 Comments
Oldest










































