सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

जस्तालाई तस्तै

खरी नझरेको मादलको सुरमा नाच्दा नाच्दै आफ्नै जीवन एउटा भद्दा नाटक भएको थाहा नपाउने तिम्रो बुद्धि कस्तो ?

Nepal Telecom ad

नारायण भट्टराई :

पु : “अनुहार तिम्रो कस्तो कस्तो कुच्चिएको हलुङ्गेको भाँडो जस्तो !”

म : “त्यहि भाँडो नभए तिम्रो भान्सो नपाक्ने तिम्रो भाग्य कस्तो ?”

पु : “शरीर तिम्रो कस्तो कस्तो भदौरे घाममा सुकेको ढोड जस्तो !”

म : “आफ्नै करेसामा फलेका मकै छिमेकीले उडाईदिएको थाहा नपाउने तिम्रो सुद्धि कस्तो ?”

पु : “बोली तिम्रो कस्तो कस्तो खरी झरेको मादल जस्तो !”

म : “खरी नझरेको मादलको सुरमा नाच्दा नाच्दै आफ्नै जीवन एउटा भद्दा नाटक भएको थाहा नपाउने तिम्रो बुद्धि कस्तो ?”

पु : “तिम्रो स्वभाव कस्तो कस्तो पशुपतिका बाँदरको जस्तो !”

म : “त्यहि बाँदरसँग साइनु नगाँसी तिम्रो जीवन नचल्ने तिम्रो कर्म कस्तो ?”

पु : “फुटपाथमा बेच्न राखेका समान जस्तो, तिम्रो जवानी कत्ति सस्तो ।”

म : “एकै रथको अर्को पाङ्ग्रालाई फुटपाथे सामान बनाउने तिम्रो पुरुषार्थ जस्तो ।”

०००
हाल अमेरिका

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
आओ लाइक ठोकौँ !

आओ लाइक ठोकौँ !

नारायण भट्टराई
फेरिँदै जानु भा छ रिटायर बा

फेरिँदै जानु भा छ...

नारायण भट्टराई
यस्तै छ हजुर यहाँको चलन

यस्तै छ हजुर यहाँको...

नारायण भट्टराई
तीन ठोक्तक

तीन ठोक्तक

नारायण भट्टराई