साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जस्तालाई तस्तै

खरी नझरेको मादलको सुरमा नाच्दा नाच्दै आफ्नै जीवन एउटा भद्दा नाटक भएको थाहा नपाउने तिम्रो बुद्धि कस्तो ?

Nepal Telecom ad

नारायण भट्टराई :

पु : “अनुहार तिम्रो कस्तो कस्तो कुच्चिएको हलुङ्गेको भाँडो जस्तो !”

म : “त्यहि भाँडो नभए तिम्रो भान्सो नपाक्ने तिम्रो भाग्य कस्तो ?”

पु : “शरीर तिम्रो कस्तो कस्तो भदौरे घाममा सुकेको ढोड जस्तो !”

म : “आफ्नै करेसामा फलेका मकै छिमेकीले उडाईदिएको थाहा नपाउने तिम्रो सुद्धि कस्तो ?”

पु : “बोली तिम्रो कस्तो कस्तो खरी झरेको मादल जस्तो !”

म : “खरी नझरेको मादलको सुरमा नाच्दा नाच्दै आफ्नै जीवन एउटा भद्दा नाटक भएको थाहा नपाउने तिम्रो बुद्धि कस्तो ?”

पु : “तिम्रो स्वभाव कस्तो कस्तो पशुपतिका बाँदरको जस्तो !”

म : “त्यहि बाँदरसँग साइनु नगाँसी तिम्रो जीवन नचल्ने तिम्रो कर्म कस्तो ?”

पु : “फुटपाथमा बेच्न राखेका समान जस्तो, तिम्रो जवानी कत्ति सस्तो ।”

म : “एकै रथको अर्को पाङ्ग्रालाई फुटपाथे सामान बनाउने तिम्रो पुरुषार्थ जस्तो ।”

०००
हाल अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
तीन खित्कौली

तीन खित्कौली

अमर अधिकारी
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
चुनावी खित्कौली

चुनावी खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x