साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पिंडाली हास्यव्यङ्ग्य पुरस्कार पहिलाेपटक चट्याङ मास्टरलाई

मनोहरा साहित्य समाज मार्फत हरेक वर्ष हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट याेगदान पुर्याइ आएका एक जना हास्यव्यङ्ग्य स्रष्टालाई पुरस्कृत गर्ने गरी पुरस्कार व्यवस्थापन गरिएकाे मनाेहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालले बताउनु भएकाे छ ।

Nepal Telecom ad

हेटाैडाका हास्यव्यङ्ग्यकार आर.सी.रिजाल (रामचन्द्र रिजाल) द्वारा हास्यव्यङ्ग्यकार केशवराज पिँडालीकाे स्मृतिमा स्थापित पिँडाली हास्यव्यङ्ग्य पुरस्कार पहिलाे पटक चट्याङ मास्टरलाई प्रदान गरिने भएकाे छ ।

आर.सी.रिजालले पुरस्कार स्थापनाको घोषणा गर्दै गत ०८० मङ्सिर ९ मा मनोहरा साहित्य समाजको ८३औं शृङ्खलामा १ लाख रूपैयाँ हस्तान्तरण गर्नुभएको थियो।

मनोहरा साहित्य समाज मार्फत हरेक वर्ष हास्यव्यङ्ग्य क्षेत्रमा विशिष्ट याेगदान पुर्याइ आएका एक जना हास्यव्यङ्ग्य स्रष्टालाई पुरस्कृत गर्ने गरी पुरस्कार व्यवस्थापन गरिएकाे मनाेहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्यालले बताउनु भएकाे छ ।

नगद रू. २० हजार सहित वि.सं. २०८० काे पिँडाली हास्यव्यङ्ग्य पुरस्कार चट्याङ मास्टरलाई प्रदान गर्ने निर्णय गरिएकाे जानकारी मनाेहरा साहित्य समाजका अध्यक्ष डिल्लीराज अर्याल दिनु भयाे ।

केशवराज पिँडालीकाे जन्मजयन्तीकाे अवसर पारेर यही माघ १३ गते शनिबार आयाेजना हुने मनाेहरा साहित्य समाजकाे ८५ औँ  रचनावाचन श्रृङ्खलामा उक्त पुरस्कार चट्याङ मास्टरलाइ समर्पण गरिने भएकाे छ ।

समाजले उक्त श्रृङ्खलालाई हास्यव्यङ्ग्य रचना विशेषका रूपमा आयाेजना गरिने भएकाे कुरा मनाेहरा साहित्य समाजले जनाएकाे छ । कार्यक्रम पेप्सीकाेला स्थित ग्लाेवल पव्लिक स्कूलकाे सभाकक्षमा सञ्चालित हुने भएकाे छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x