साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अरेञ्जभिल्लामा एकै पटक तीन पुस्तक लोकार्पण

बाबुराम शर्माको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अध्यक्ष अञ्जुल चौहानको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरूमा कवि मदन ओझा, सासुप मिरिकको अध्यक्ष राजबहादुर राई, अमर दुङ्माली आदि रहेका थिए ।

Nepal Telecom ad

मिरिक, २२ जनवरी २०२४ अर्थात ८ माघ २०८० आइतवारका दिन दार्जिलिङ जिल्लाअन्तर्गत सुकिया ब्लकको स्थानीय अरेञ्जभिल्ला मगरजोङस्थित हिरण वस्नेतको निवासमा सृजना कलाकुञ्ज, मगरजोङको आयोजनामा विभिन्न विधा र स्रष्टाका स्वरवर्णका पहिलो अक्षर ‘अ’ बाट सुरु भएका तीन वटा पुस्तकको लोकार्पण भएको हो ।

बाबुराम शर्माको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अध्यक्ष अञ्जुल चौहानको प्रमुख आतिथ्य रहेको कार्यक्रममा विशिष्ट अतिथि तथा अतिथिहरूमा कवि मदन ओझा, सासुप मिरिकको अध्यक्ष राजबहादुर राई, अमर दुङ्माली, युवराज काफ्ले, मेघराज क्षेत्री, प्रकाश राई र राजेन्द्र पासा आदि रहेका थिए ।

मञ्चासिन अतिथिहरूबाट दीप प्रज्ज्वलन गरेर कार्यक्रमको घुम्टी खोलिएको थियो भने अतिथिबाटै पूर्वघोषित पुस्तकत्रयको एउटै स्टेजमा विधिवत रूपमा सार्वजनिक पनि गरिएको थियो । उक्त लोकार्पित कृतिहरूमा एउटा स्मृतिग्रन्थ र अर्को दुई वटा चाहिँ कवितासङ्ग्रह र भूमिकासङ्ग्रह गरी जम्मा तीन वटा रहेका थिए ।

नेपाली साहित्यमा अतुलनीय योगदान दिएका दिवङ्गत चार जना स्रष्टाहरूमा मगरजोङ निवासी हेमचन्द्र तामाङ , नरमाङ साम्पाङ, रवि वान्तवा र भूषण राईका बारे संयुक्त लेखन गरिएको पुस्तक ‘अक्षरहरूको अभिनन्दन’ र डा. राजकुमार क्षेत्रीद्वारा लिखित कृतिद्वय क्रमशः ‘अक्षरहरूको देशमा’ (कवितासङ्ग्रह) र ‘अक्षरहरूको आयाम’ ( भूमिकासङ्ग्रह) रहेका थिए ।

डा.राजकुमार क्षेत्रीको प्रधान सम्पादकत्व तथा सह- सम्पादकद्वय शर्मिला प्रधान र अमीर सुब्बाको सम्पादन रहेको उक्त ‘अक्षरहरूको अभिन्नदन ‘ नामक स्मृतिग्रन्थको प्रकाशन सृजना कलाकुञ्ज, मगरजोङले गरेको हो भने स्रष्टा डा.क्षेत्रीको दुई कृति (कविता र भूमिका ) स्वयम्ले प्रकाशन गरेका हुन् ।

उक्त स्मृतिग्रन्थ ‘ अक्षरहरूको अभिन्नदन’ माथि बोल्दै प्रा. प्रकाश राईले पुस्तकको ऐतिहासिक महत्व दर्शाउँदै थप शुभकामना व्यक्त गरेका थिए भने क्षेत्रीका दुई कृतिमाथि डा.सुकराज दीयालीले प्रकाश पारेका थिए । त्यसो त कार्यक्रममा केही रचनावाचन, नृत्य र गायनसमेत प्रस्तुत भएका थिए । केही स्रष्टाहरू तथा संस्थालाई सम्मान पनि गरिएको थियो । सम्मानित हुनेहरूमा – गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अध्यक्ष अञ्जुल चौहान, भूगोल विषयमा विद्यावारिधि गर्दैगरेकी कालेबुङ महाविद्यालयकी उप- प्राध्यापिका पाल्मु तामाङ योञ्जन, मिरिक रिपोर्टस क्लब , पोखरिया बोङ रिपोर्टस क्लब र प्रा.डा. राजकुमार क्षेत्री आदि रहेका थिए ।

त्यसैगरी जीनर घतानी, दीपेन प्रधान, रञ्जित गुरुङ र दीप प्रधानले कवितावाचन गरे । राजदिव्य र राजश्री क्षेत्रीद्वयले सुन्दर नृत्य प्रस्तुत गरेका थिए भने अनुवेष मंग्राती र जितेन तामाङले गीतमा कर्णप्रिय आवाज प्रस्तुत गरेका थिए । त्यसो त कार्यक्रमको अन्त्यतिर प्रमुख अतिथि अञ्जुल चौहानले आफ्ना गाउँबस्तीमा विभिन्न कारणबाट ओझेल परेका स्रष्टालाई उत्खनन गरी पुनर्जीवित पारिएको पुस्तक प्रकाशन गरेकामा संस्था सृजना कलाकुञ्जलाई शुभकामनासहित भौतिक सहयोगसमेत गर्ने वचनबद्धता दिलाएका थिए ।

सृजना कलाकुञ्ज मगरजोङको आयोजना रहेको कार्यक्रममा संस्थाकी सचिव शर्मिला प्रधानको स्वागत मन्तव्य तथा कार्यक्रम औचित्य रहेको थियो भने कार्यक्रमको क्रमबद्ध सहजीकरण पवन तामाङले गरेको मिरिकबाट कथाकार दीप प्रधानले जानकारी दिएका हुन् ।

०००
– मेची प्रतिनिधि नदी भट्टराईद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x