साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जाँड

पिएर मादले पुरै गुमाइ होस नासियो शरीर रोगको घडा भएर आज मासियो सिकिस्त पार्दियो यहाँ सबै नशानशा चुटे शरीर अंग अंगका कुना कुना सबै फुटे।

Nepal Telecom ad

तुलसीप्रसाद भट्टराई :

भएर अम्वली सधैँ डुबी रहेँ म पेयमा
अझै पिएँ अझै पिएँ भरेर टन्न गेयमा
लु खा अझै तँ दाइ हो भनेर भाइले दियो
उमेरमा पचाइँथ्यो शरीर तेजिलो थियो ।

म उफ्रिदै रमाउँथे पिएर जाँड झोकमा
कराउँथे म रल्लिदै गएर चोक चोकमा
बितेछ बैँस माधुरी भएन ज्ञान देहको
सधैँ म लठ्ठ भैरहे नशा भएर पेयको ।

गरेर चाडबाडको रमाइलो भनी पिएँ
भतेर भोज भेटिए त्यतै पसे बसे लिएँ
न स्वाद मेटियो कुनै नपेट आडले भर्‍यो
शरीर साफ भो सबै न गर्नु जाँडले गर्‍यो ।

पिएर मादले पुरै गुमाइ होस नासियो
शरीर रोगको घडा भएर आज मासियो
सिकिस्त पार्दियो यहाँ सबै नशानशा चुटे
शरीर अंग अंगका कुना कुना सबै फुटे।

म रोगले सिकिस्त भै मुडो समान भै लडेँ
जवान जिन्दगी हुँदै शरीर साफ भै सडेँ
नलाग्नु पर्दथ्यो हिजो कुसँग साथ दोषमा
भएन ज्ञान के गरौं थिएन देह होसमा ।

०००
इलाम न. पा. ५
हाल बिर्तामोड, झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भाषाको गरिमा राख्न

भाषाको गरिमा राख्न

तुलसीप्रसाद भट्टराई
पछुतो

पछुतो

तुलसीप्रसाद भट्टराई
किन आउँथेँ ?

किन आउँथेँ ?

तुलसीप्रसाद भट्टराई
किन आँउथे ?

किन आँउथे ?

तुलसीप्रसाद भट्टराई
होला र के उन्नति

होला र के उन्नति

तुलसीप्रसाद भट्टराई
चुराले बितायो

चुराले बितायो

तुलसीप्रसाद भट्टराई
0
Would love your thoughts, please comment.x
()
x