फित्काैली डटकमसङ्घीय संस्कृति नीति तर्जुमा, मस्याैदा हस्तान्तरण
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले "सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल" गठन गरेको थियो ।

काठमाडौँ, २०८० माघ ११ । “सङ्घीय संस्कृति तर्जुमा कार्यदलका संयोजक तथा नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले प्रतिष्ठानका प्रमुख संरक्षक तथा सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटी २०८० माघ १० गते मस्यौदा हस्तान्तरण गरेको थियो ।
नेपाल प्रज्ञा-प्रतिष्ठानका कुलपति भूपाल राईको संयोजकत्वमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले “सङ्घीय संस्कृति नीति तर्जुमा कार्यदल” गठन गरेको थियो ।
यस कार्यदलका सदस्यहरूमा पूर्व व्यवस्थापिका संसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा.अमर गिरी, पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, संस्कृतिविद्हरू प्रा. डा. प्रेम खत्री, प्रा. डा. वीणा पौड्याल, डा. डिल्ली वली, डा. टेक गुरुङ, देवशरण यादव, भोगिराज चाम्लिङ, नविन सुब्बा र शिवराज रेग्मी सदस्य रहेको समितिले “सङ्घीय संस्कृति नीति”-२०८० तर्जुमा गरेको थियो ।
उक्त समितिले प्रज्ञा-प्रतिष्ठानका संरक्षक माननीय संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई भेटी प्रतिवेदनको मस्यौदाको अन्तिम प्रारूप २०८० माघ ९ गते हस्तान्तरण गरेको थियोे ।
०००
– प्राज्ञसभा सदस्य चेतनाथ धमलाद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































