साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य श्रृङ्खला- ३९)

आमाकाे मन हुन्छ देख्न सकियाेस् सन्तानकाे उन्नति। धेरै सञ्चित अर्थ मात्र नभई, बाला मुना सन्तति।। साठीका लग लाग्दछाैँ यदि भने जाँदा कतै काममा । आफ्ना नाति र नातिनीसँग पिछा लागून् चढी काँधमा ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(हजुरबा आमाकाे चिन्तन )

पढ्ने चाैध र पन्ध्रका समयमा आमा भएका हक।
भेटिन्छन् अझ गाउँ या सहरमा छन् ज्ञानमा वर्धक।।
राेक्ने बालविवाह कानुन बन्यो सङ्लाे लिई याेजना।
फस्टायाे जनचेतना तर कुनै छन् वृद्धका वेदना।।२१८।।

छन् सन्तान सदा नयाँ परिधिमा झन् कल्पना कञ्चन।
गर्दैनन् तिस वर्ष पार नगरी दाम्पत्यकाे चिन्तन।
पुग्दा पैँतिस बल्ल हुन्छ घरमा सन्तान उत्पादन।
आधा बैँस बित्याे उता सहजले झुल्ने यता क्रन्दन ।।२१९।।

साठी वर्ष पुगेर बन्दछ भरे आफैँ बुढ्याैली तन।।
सानै छन् मुटुका अशेष घरमा सम्झेर गल्ने मन।।
पा-याे च्याप्प बिरामले अब यता गल्छन् घुँडा पाखुरा।
काँचा सन्तति छन् अपूर्ण मनका हेर्छन् उँचा टाकुरा।। २२०।।

हाम्रो सृष्टि चलाउने रचयिता अर्कै कता छन् पर।
आकाङ्क्षा परिपूर्ण हुन्न सहजै त्याे कल्पनाका भर।।
हामी साधक हाैँ सचेत मनका छाैँ कर्ममा निर्भर ।
तस्मात् कार्य गृहस्थका समयमा गर्दै बसाऔँ घर ।। २२१ ।।

आमाकाे मन हुन्छ देख्न सकियाेस् सन्तानकाे उन्नति।
धेरै सञ्चित अर्थ मात्र नभई, बाला मुना सन्तति।।
साठीका लग लाग्दछाैँ यदि भने जाँदा कतै काममा ।
आफ्ना नाति र नातिनीसँग पिछा लागून् चढी काँधमा ।। २२२।।

(क्रमशः)

०००
२०८०/६/१८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

हरिप्रसाद रिमाल
पाकाहरूबाट सिकाैँ (४)

पाकाहरूबाट सिकाैँ (४)

घनश्याम रेग्मी
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

भगवतीप्रसाद शर्मा
हातमा हम्मर लिएर

हातमा हम्मर लिएर

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x