साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली काव्य (शृङ्खला- ४२)

रुँगेर फूलबारी याे उत्तरार्ध उमेरमा। शान्तिकाे गीत गाएर हर्ष साटाैँ तमाममा । चेतनामा कुनै हाम्राे कामनाकाे नहाेस् भय। युवा अगाडि राखेर गर्दछौँ वृद्ध निर्णय।।

Nepal Telecom ad

(वृद्ध चिन्तन या, वृद्ध निर्णय)

पाका मुहारका लागि अभियान चलाउँदै।।
वृद्ध टाेली हिँडेको छ साथ, साथ रमाउँदै।।२४०।।

निराशामा नहून् हाम्रा कुनै वृद्ध सुसज्जन।
खुसी सर्वत्रमा राम्रो देख्न पाऔँ सफा मन।।२४१।।

आफू हाँस्न सके सारा हाँस्दछन् घरका भुरा।
बुढ्याइँले छुँदा केही बुझियाे असली कुरा।।२४२।।

प्रफुल्ल हाेस् सदा, हाम्रो मनमन्दिर सुन्दर।
श्रद्धाका कण बर्सिन्छन् भक्तिभाव निरन्तर।।२४३।।

दीप बल्न छुटे हाम्रो आलिशान हुँदा घर।
अन्धकार कता हट्ला,पर भाग्दा प्रभाकर।।२४४।।

चम्किला रत्न हाैँ हामी वृद्ध मुहार सज्जन।
प्रकाश छर्न सक्ने छाैँ मणितुल्य बनीकन।।२४५।।

उज्यालोमा सबै रम्छन् घरका जनसन्तति।
खिन्नता छल हाे सारा हर्षमा छ समुन्नति।।२४६।।

गृहस्थ धर्मकाे सार परिवार निकुञ्ज छ।
विभिन्न रूपका फूल फुल्दछन् मन हर्ष छ।।२४७।।

रुँगेर फूलबारी याे उत्तरार्ध उमेरमा।
शान्तिकाे गीत गाएर हर्ष साटाैँ तमाममा।।२४८।।

चेतनामा कुनै हाम्राे कामनाकाे नहाेस् भय।
युवा अगाडि राखेर गर्दछौँ वृद्ध निर्णय।।२४९।।

०००
२०८०/४/२९
हाल : साेह्रखुट्टे, काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

देवीप्रसाद मिश्र
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
शून्यजस्तै उज्यालो कटेरो

शून्यजस्तै उज्यालो कटेरो

लालबाबु शर्मा पोखरेल
मातापिता निधि दुई घरमै रमाउन्

मातापिता निधि दुई घरमै...

दुष्यन्त भट्टराई
मोती हाम्रा …

मोती हाम्रा …

पदम दाहाल
विवश छन् सहयोग छिटो गरौँ

विवश छन् सहयोग छिटो...

इन्द्रनारायण सुवेदी
विवश छन् सह‌योग छिटो गरौं

विवश छन् सह‌योग छिटो...

दीनानाथ पाेखरेल
आमालाई पाइँन

आमालाई पाइँन

भावना न्याैपाने
0
Would love your thoughts, please comment.x
()
x