सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्याैली काव्य (शृङ्खला- ४२)

रुँगेर फूलबारी याे उत्तरार्ध उमेरमा। शान्तिकाे गीत गाएर हर्ष साटाैँ तमाममा । चेतनामा कुनै हाम्राे कामनाकाे नहाेस् भय। युवा अगाडि राखेर गर्दछौँ वृद्ध निर्णय।।

Nepal Telecom ad

(वृद्ध चिन्तन या, वृद्ध निर्णय)

पाका मुहारका लागि अभियान चलाउँदै।।
वृद्ध टाेली हिँडेको छ साथ, साथ रमाउँदै।।२४०।।

निराशामा नहून् हाम्रा कुनै वृद्ध सुसज्जन।
खुसी सर्वत्रमा राम्रो देख्न पाऔँ सफा मन।।२४१।।

आफू हाँस्न सके सारा हाँस्दछन् घरका भुरा।
बुढ्याइँले छुँदा केही बुझियाे असली कुरा।।२४२।।

प्रफुल्ल हाेस् सदा, हाम्रो मनमन्दिर सुन्दर।
श्रद्धाका कण बर्सिन्छन् भक्तिभाव निरन्तर।।२४३।।

दीप बल्न छुटे हाम्रो आलिशान हुँदा घर।
अन्धकार कता हट्ला,पर भाग्दा प्रभाकर।।२४४।।

चम्किला रत्न हाैँ हामी वृद्ध मुहार सज्जन।
प्रकाश छर्न सक्ने छाैँ मणितुल्य बनीकन।।२४५।।

उज्यालोमा सबै रम्छन् घरका जनसन्तति।
खिन्नता छल हाे सारा हर्षमा छ समुन्नति।।२४६।।

गृहस्थ धर्मकाे सार परिवार निकुञ्ज छ।
विभिन्न रूपका फूल फुल्दछन् मन हर्ष छ।।२४७।।

रुँगेर फूलबारी याे उत्तरार्ध उमेरमा।
शान्तिकाे गीत गाएर हर्ष साटाैँ तमाममा।।२४८।।

चेतनामा कुनै हाम्राे कामनाकाे नहाेस् भय।
युवा अगाडि राखेर गर्दछौँ वृद्ध निर्णय।।२४९।।

०००
२०८०/४/२९
हाल : साेह्रखुट्टे, काठमाडाैं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य
‘बा’ काव्यांश- (२२)

‘बा’ काव्यांश- (२२)

दीनानाथ पाेखरेल
भो जीवनी बन्जर (४)

भो जीवनी बन्जर (४)

हेम अधिकारी
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य