साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समय-स्वार्थ !

"प्रथमतः अहिले सरकार अनिवार्य बनाउँनुपर्छ र हामीलाई केही महत्वपूर्ण मन्त्रालय चाहिन्छ।" -मूलचन्दले आफ्नो मुख खोल्यो।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“हामीले जीवनभरी देश र जनताको लागि सङ्घर्ष गरेका हौँ । जेल, नेल खेप्यौँ तर कहिल्यै झुकेनौँ । अहिले पनि सम्झौताहिन संघर्ष गर्दै छौँ ।”- मूलचन्दले आफ्नो प्रशंसा गर्यो ।

“थाहा छ हजुरको त्याग बलिदान तर अहिले बदलिएको समयमा हजुर हामी मिलेर जानुपर्छ । हाम्रो लडाईं पद र प्रतिष्ठानको लागि पक्कै पनि होइन।”- रामहरिले आफ्नो हात मूलचन्दतर्फ तन्काउँदै भन्यो।

हजुरको निस्वार्थ देश हितको राजनीतिले मलाई पनि प्ररेणा मिलेको छ । हजुर हाम्रो एकताले देश र जनताको हितमा हुने आन्दोलनमा टेवा पुग्ने छ।”- रामहरिले थप्यो।

“एकता अहिलेको आवश्यकता पनि हो र हाम्रो राजनीतिक आन्दोलनलाई अगाडि बढाउँन पनि मद्दत् अवश्य मिल्ने छ। तर..!”- मूलचन्द बोल्दाबोल्दै रोकियो।

“तर के ? -रामहरिले सोधे ।

“पहिलो कुरा अहिले जसरी पनि सरकार बनाउनु पर्छ ।त्यसको लागि निर्णायक शक्ति आमुक पार्टी हुनसक्छ। त्यो सँग पनि सरसल्लाह गर्दै एकताको पहल गरौँ।”- मूलचन्दले भन्यो।

“सर ! तर त्यो पुरै भ्रष्टाचारमा रूमलिएको अपराधी र राष्ट्रघाती हो।” -रामहरिले भन्यो।

“अहिले बदलिएको समयमा सत्तामा केन्द्रित भएर मूल्याङ्कन गरौँ। साथै मेरैपनि एकताको लागि केही सर्तहरू छन्।” -मूलचन्दले एता उता हेर्दै भन्यो।

“सर्त ..!? के कस्तो सर्त ?” -रामहरिले आश्चर्य हुँदै सोध्यो।

“प्रथमतः अहिले सरकार अनिवार्य बनाउँनुपर्छ र हामीलाई केही महत्वपूर्ण मन्त्रालय चाहिन्छ।” -मूलचन्दले आफ्नो मुख खोल्यो।

नरहरिले निशब्द अलिवेर मूलचन्दलाई एकोहोरो हेरिरह्यो र मनैमन भन्यो- “समयसँगै सबै बदलिने रहेछ।”

०००
१३ चैत्र २०८०
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x