साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्याैली (काव्य श्रृङ्खला- ३८)

नेता बन्न पटक्क जानिन कतै गर्दै ठुलाे भाषण । हेर्ने गर्छु पलुक्क सांसद थलाे के नै छ आकर्षण ?।। झुट्टा बात परेन बाेल्नु कहिल्यै बाँडेर आश्वासन । पश्चात्ताप रहेन शान्त छ सदा वार्द्धक्यकाे जीवन ।।

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

(ठुल्दाइकाे उद्घाेष)

मात्रै बात चुटेर हिँड्द छ भने काे बन्न सक्ला भलाे।
साठी बर्ष पुगेँ अझै रहरले जाेत्दै छु आफ्नो हलाे ।।
बा आमा अझ छन् प्रफुल्ल घरमा थाम्दै असीका दसी
मेरा याे श्रमकाे छ आदर ठुलाे के नै लगाऊँ कसी ।।२१३।।

धानेकाे छु,जहान आज, घरका त्यस्तै अरू पाहुना
अर्को स्राेत रहेन पुग्दछ सदा चाचा लुगा लाउन ।।
पालेको छु,चरा मुसा ,पशु सबै झर्काे नमानीकन ।
मेरो देशविदेश ठान्दछु यहीँ हाे गाउँले जीवन।।२१४ ।।

सानो हाेस् अथवा ठुलो किन नहाेस् साेचेर राम्रो गरी ।
आफ्नो कार्य भनी समाल्न सकिए मिल्ने छ कादम्बरी ।।
छाेराे भन्छ सदा बुबा अब भयाे छाडाैँ पुरानो हलाे ।
मेराे आस उदात्तकाे छ घरमा थप्ने छु अर्को तलाे।।२१५।।

साथीभाइ छिमेकमा रहरिला छन् मित्रता सञ्चित।
हाराे पर्म गरी रमाउँछु सदा गाँसेर राम्रो हित ।।
आशा लिन्न कतै म छैन रुपियाँ भन्दै कुनै साहुकाे।
मात्रै माग छ राष्ट्रमा तर सदा त्याे अन्नका भाउकाे।।२१६।।

नेता बन्न पटक्क जानिन कतै गर्दै ठुलाे भाषण ।
हेर्ने गर्छु पलुक्क सांसद थलाे के नै छ आकर्षण ?।।
झुट्टा बात परेन बाेल्नु कहिल्यै बाँडेर आश्वासन ।
पश्चात्ताप रहेन शान्त छ सदा वार्द्धक्यकाे जीवन ।।२१७।।

(क्रमशः)

०००
२०८०/६/१८
ताप्लेजुङ, हाल- काठमाडाैं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुबाका आमाका अनुभव …

बुबाका आमाका अनुभव …

देवीप्रसाद मिश्र
यी ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

यी ज्येष्ठ नागरिकमा छ...

देवीप्रसाद मिश्र
सबै पाका मान्छे

सबै पाका मान्छे

देवीप्रसाद मिश्र
वृद्धका सकसको गर ख्याल

वृद्धका सकसको गर ख्याल

देवीप्रसाद मिश्र
घरघर जब छोरी रम्दछन् स्वर्ग हुन्छ

घरघर जब छोरी रम्दछन्...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x