देवीप्रसाद मिश्रबुढ्याैली (काव्य श्रृङ्खला- ३८)
नेता बन्न पटक्क जानिन कतै गर्दै ठुलाे भाषण । हेर्ने गर्छु पलुक्क सांसद थलाे के नै छ आकर्षण ?।। झुट्टा बात परेन बाेल्नु कहिल्यै बाँडेर आश्वासन । पश्चात्ताप रहेन शान्त छ सदा वार्द्धक्यकाे जीवन ।।

देवीप्रसाद मिश्र :
(ठुल्दाइकाे उद्घाेष)
मात्रै बात चुटेर हिँड्द छ भने काे बन्न सक्ला भलाे। 
साठी बर्ष पुगेँ अझै रहरले जाेत्दै छु आफ्नो हलाे ।।
बा आमा अझ छन् प्रफुल्ल घरमा थाम्दै असीका दसी
मेरा याे श्रमकाे छ आदर ठुलाे के नै लगाऊँ कसी ।।२१३।।
धानेकाे छु,जहान आज, घरका त्यस्तै अरू पाहुना
अर्को स्राेत रहेन पुग्दछ सदा चाचा लुगा लाउन ।।
पालेको छु,चरा मुसा ,पशु सबै झर्काे नमानीकन ।
मेरो देशविदेश ठान्दछु यहीँ हाे गाउँले जीवन।।२१४ ।।
सानो हाेस् अथवा ठुलो किन नहाेस् साेचेर राम्रो गरी ।
आफ्नो कार्य भनी समाल्न सकिए मिल्ने छ कादम्बरी ।।
छाेराे भन्छ सदा बुबा अब भयाे छाडाैँ पुरानो हलाे ।
मेराे आस उदात्तकाे छ घरमा थप्ने छु अर्को तलाे।।२१५।।
साथीभाइ छिमेकमा रहरिला छन् मित्रता सञ्चित।
हाराे पर्म गरी रमाउँछु सदा गाँसेर राम्रो हित ।।
आशा लिन्न कतै म छैन रुपियाँ भन्दै कुनै साहुकाे।
मात्रै माग छ राष्ट्रमा तर सदा त्याे अन्नका भाउकाे।।२१६।।
नेता बन्न पटक्क जानिन कतै गर्दै ठुलाे भाषण ।
हेर्ने गर्छु पलुक्क सांसद थलाे के नै छ आकर्षण ?।।
झुट्टा बात परेन बाेल्नु कहिल्यै बाँडेर आश्वासन ।
पश्चात्ताप रहेन शान्त छ सदा वार्द्धक्यकाे जीवन ।।२१७।।
(क्रमशः)
०००
२०८०/६/१८
ताप्लेजुङ, हाल- काठमाडाैं
Subscribe
Login
0 Comments
Oldest







































