साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दुर्घटनाग्रस्त क्षेत्र

“पहिला खाल्डो पुरे हुन्थ्यो । खाडल जोगाउँछु भन्दा त तल्लो बारीमा पुग्छ्न् ।” उमेशले भन्यो । “जे भए पनि भयो । कामको सुरुवात चाहिँ हुनु पर्‍याे ।” राकेशले भन्यो ।

Nepal Telecom ad

ढाकामोहन बराल :

घुमेको बाटो, बिग्रेर कच्ची भएको थियो । साँघुरो भएपछि दुर्घटना पनि धेरै हुन थालेको थियो । पैदल यात्रुलाइ समेत डिलको बाटो हिड्न सकस भएको थियो । “एकपटक वडा कार्यालयमा जाउँ न सबै मिलेर, बाटो केही सुधार हुन्छ कि” रमेशले भन्यो । “ल भोलि भेला भएर जाउँ न त ।” अन्य सबैले भने ।

भोलिपल्ट उनीहरुले गएर आफ्ना कुरा राखेर वडाध्यक्षज्यू समक्ष राखे । “हजुरहरूको समस्या मैले बुझेँ । हामीले सकेको गर्छौँ ।” वडाध्यक्षले भन्नु भयो । फर्कदै गर्दा रमेशले भन्यो “घुम्तीको मोडमा एक मिटर मात्र काट्न सक्यो भने बाटो चाक्लो भएर खतरा कम हुने थियो ।” अरुणले भन्यो

“डिलमा रेलिङ्ग राख्ने हो भने हिड्नु पर्ने मान्छे छेउ लाग्न सक्थे । डिलमा रेलिङ्ग राख्छ्न् कि ।” “पहिला खाल्डो पुरे हुन्थ्यो । खाडल जोगाउँछु भन्दा त तल्लो बारीमा पुग्छ्न् ।” उमेशले भन्यो । “जे भए पनि भयो । कामको सुरुवात चाहिँ हुनु पर्‍याे ।” राकेशले भन्यो ।

भोलिपल्ट वडासमितिबाट सर्वसम्मत निर्णय भयो । उक्त ठाउँमा एउटा बोर्ड राख्ने । जसमा लेखिने भैयो “दुर्घटना ग्रस्त क्षेत्र ।”

०००
पोखरा -७, मासबार, कास्की

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
व्रतबन्ध

व्रतबन्ध

ढाकामाेहन बराल
अवैध सन्तान

अवैध सन्तान

ढाकामाेहन बराल
सांस्कृतिक रुपान्तरण

सांस्कृतिक रुपान्तरण

ढाकामाेहन बराल
समानता

समानता

ढाकामाेहन बराल
खुरापाती

खुरापाती

ढाकामाेहन बराल
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x