साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साह्रै बेफुर्सदी भइएछ

चैनमा बाँच्न चाहिँ निकै हम्मे हम्मे पर्ने भयो ठीकै छ समयलाई त सलाम ठोक्नै पर्छ नत्र भाग्यले जुराएको यो मौका आज कहाँ पाइन्छ ?

Nepal Telecom ad

उषा गुरूङ :

कहिले बैठक कहिले सेमिनार
कहिले गोष्ठी कहिले उद्घाटन
जताततै पुग्नु पर्ने
टेबलमाथि पत्रहरूको खात
लम्पसार परेर छरिएर
बसेका छन्
यता टेलिफोन र मोबाइलमा
आफ्नो कान र मुख जोडिएर
बस्नु पर्ने
हरे शिव !
साह्रै बेफुर्सदी भइएछ
न घरमा खाना खान फुर्सद
जहा पुग्यो त्यही जे छ
सम्मान स्वरूप ग्रहण गरियो
यति मात्र होइन
रातमा निँदले छोपेको बेलामा
पनि टेलिफोनको घन्टी
बज्दा झन् साह्रो पार्ने
मोबाइल त स्विच अफ गरिन्छ
टेलिफोन त त्यसो गर्न मिलेन
नभन्दै रिसिभ गरिएन भने
भोलि आफ्नै कानले दुःख
भोग्नु पर्ने
हरे शिव !
जिन्दगीमा के रोजियो रोजियो
खोजिएको कुरो त भेटियो
तर,
चैनमा बाँच्न चाहिँ
निकै हम्मे हम्मे पर्ने भयो
ठीकै छ समयलाई त
सलाम ठोक्नै पर्छ
नत्र भाग्यले जुराएको यो
मौका आज कहाँ पाइन्छ ?
जे छ, ठीकै छ
आलिसन महल, टोयटा, मर्सिडिज
सबै सम्पन्नताले भरिएकोमा
आनन्द छ ।
ठाउँमा पुग्या भएर पुरै आशा
पुगेको छ प्रभु ।
कहिले नेताको घाँटीमा फूलको माला
कहिले जुत्ता पहिरिने त छँदै छ ।

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
थाहा छ ?

थाहा छ ?

उषा गुरुङ
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x