साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अव्यवस्था

के गरी बिग्य्रो, दुर्मति आयो सप्रिने बेला, सद्मति भाग्यो । दुर्दशा लाग्यो, औषधि के हो रुन्छ यो आत्मा, भत्भत पोल्यो ॥

Nepal Telecom ad

हृषीकेश बराल :

मान मर्यादा, लाज पचाए
यानमा ल्याई, हेम लुकाए ।
प्वालमा हात्ती, छिर्न लगाए
मूक गोठाला, अन्ध बनाए ॥१

सर्वहाराले, द्रव्य कमाए
ब्रह्मचारीले, सुस्त समाए ।
फैलिँदा हल्ला, आम रमाए
धूर्तको बानी, थाह गराए ॥२

व्यस्त छन् कोही, शोषण गर्छन्
दैत्य जस्ता छन्, सम्पत चोर्छन् ।
बन्दछन् पापी, रौरव पर्छन्
जिन्दगी पूरै, खत्तम गर्छन् ॥३

नासियो आस्था, वैदिक हाम्रो
मान्यता फाले, लौकिक राम्रो ।
जे थियो उम्दा, भस्मित पारे
अन्तको थोत्रो, संस्कृति सारे ॥४

बेच्तछन् आफ्ना, बान्धवलाई
भुल्दछन् पुज्ने, ईश्वरलाई ।
पापले बाटो, छेक्तछ भुल्छन्
धर्मको चेष्टा, के छ र मान्छन् ॥५

के गरी बिग्य्रो, दुर्मति आयो
सप्रिने बेला, सद्मति भाग्यो ।
दुर्दशा लाग्यो, औषधि के हो
रुन्छ यो आत्मा, भत्भत पोल्यो ॥६

आत्तियो आत्मा, धैर्य हरायो
भोगियो पीडा, देह गलायो ।
ढुक्कले बाँच्ने, हुन्छ सदिच्छा
शान्ति के होला, छैन अपेक्षा ॥७

०००
पोखरा -२६, कास्की ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
किन यस्तो भने ?

किन यस्तो भने ?

हृषीकेश बराल
हो देश सर्वोपरि

हो देश सर्वोपरि

हृषीकेश बराल
देशको अवस्था

देशको अवस्था

हृषीकेश बराल
जीवनको अस्थिरता

जीवनको अस्थिरता

हृषीकेश बराल
जानकारी (२)

जानकारी (२)

हृषीकेश बराल
जानकारी (१)

जानकारी (१)

हृषीकेश बराल
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x