साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माछा माछा भ्यागुता

जनतालाई भुलाएर जिस्किएकी त्यसरी सबै अश्रुमा चुनिने रहेछ यहाँ यसरी राष्ट्रको अर्थ खरानी भएको मर्नु छ हेरी हेरी ए , शान्ति नक्कली बनेर किन पदारियौ ?

Nepal Telecom ad

उषा गुरुङ :

शान्ति तिमी भाग्यौ कता ?
तराई दन्दन् सन्कियो यता
मौन छन् सत्ताधारी त्यता
छैन कतै शान्तिको पत्ता
खै माछा माछा भ्यागुता
शान्ति तिमी हरायौ कता ?

झुलुक्क आएको खबर पाएथेँ
शान्ति कतिले त दीपावली पनि गरेथे
पटेका पड्काएर तिम्रो स्वागत पनि
भएथ्यो
नेताको मुखमा पुरै आइथ्यौ
अखबारको पहिलो पृष्ठमा छापिएथ्यौ
तर,
माछा माछा भ्यागुता
शान्ति तिम्रो पलायन भयो कता ?

किन व्यर्थै झुल्किएकी हौ तिमी
जनतालाई भुलाएर जिस्किएकी त्यसरी
सबै अश्रुमा चुनिने रहेछ यहाँ यसरी
राष्ट्रको अर्थ खरानी भएको मर्नु छ हेरी हेरी
ए , शान्ति नक्कली बनेर किन पदारियौ ?
घरि भाग्ने घरि आए भन्ने बनिदियौ
यो झुटो पिङ खेल्न तिमी रमियौ
माछा माछा भ्यागुता
शान्ति तिमी फर्कियौ कता ?

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x