साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चाहियो

मेरो मूल्याङ्कन कसैले नगर्नू कमाउने थमाउने मेरो कामै हो यसमा आँखा नलाउनू अहिले जजसले जे जे माग्यो, सबै दिन्छु जे जे भने पनि मान्छु मान्छु ।

Nepal Telecom ad

हेम अधिकारी :

मलाई आज मात्र होइन,
पहिल्यैदेखि उहिल्यैदेखि
चाहिएको चाहियै छ
अब त झन् चाहियो चाहियो
अरुभन्दा मै हूँ अब्बल
सबैथोकमा मै छु सवल
एक्लै नसके जुटेर आउँछु
चित्त नबुझे फुटेर आउँछु
जसरी आए पनि
मलाई चैँ चाहियो चाहियो ।

देश डुबेर मलाई केही फरक पर्दैन
गाली नगरी मेरो दैनिकी चल्दैन
अकास पत्ताल जोड्न
पद प्रतिष्ठाका लागि साथी छोड्न
सहजै सक्छु,
भाषा नाङ्गै पारेर गाली बक्छु ।

मसँग योजना छन्,
म मात्र देश बनाउँछु, पहाड सम्याउँछु
हिमाल अझ उचाल्छु, मधेश बनाउछु
साना कुरा जान्दिनँ, कसैले नचाहेर अब मान्दिनँ
तर
मेरो मूल्याङ्कन कसैले नगर्नू
कमाउने थमाउने मेरो कामै हो
यसमा आँखा नलाउनू
अहिले जजसले जे जे माग्यो,
सबै दिन्छु
जे जे भने पनि मान्छु मान्छु
जता मन लाग्छ उतै जान्छु
त्यो मेरो धर्म हो, कर्म हो

खबरदार !
कसैले मेरो चाहनामा दायाँबायाँ नगर्नू
अरूको मलाई कुनै परवाह छैन
मैले त्यसै भनेको होइन
अब छोड्ने छैन ।
मलाई ता चाहियो चाहियो !!

०००
झापा, हाल क्यानडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जात्रा

जात्रा

हेम अधिकारी
उत्पात भो !

उत्पात भो !

हेम अधिकारी
तह मिलान

तह मिलान

हेम अधिकारी
बैतर्नी तर्ने

बैतर्नी तर्ने

हेम अधिकारी
घुर्मैला सपनाहरू

घुर्मैला सपनाहरू

हेम अधिकारी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x