साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सल्लाघारीको बाङ्गो रुख

तै पनि डाहा शान्त पार्न भए पनि मनको बह त पोख्नै पर्‍यो भनेर सल्लाघारीको सल्लाहरूसँग सल्लाह गरेर लेखनमा व्यक्त गर्ने निर्णय गरेँ ।

Nepal Telecom ad

अशोककुमार शिवा :

एक दिन सल्लाघारीमा वनभोजको मेला लागेको रहेछ । मेलामा भ्याल्लीका तीन सहर तथा मोफसलका केही शहरहरूबाट पनि प्रशस्तै युवायुवती भेला भएका रहेछन् । नजिकै गणेश मन्दिरमा गणेश सुँड पसारेर बिराजमान हुनु हुँदोरहेछ । सबैले पहिलो दर्शन गणेशजीकै गरेछन् ।

वजभोजमा सरिक अधिकांशले श्री गणेशको दर्शन गरिसकेर आ-आफ्नो स्थानमा बिराजमान भएछन् । मन्दिर परिसरमा सजिसजाउ मन्चको व्यवस्था, गानाबजाना, नृत्य, तथा अन्य मनोरन्जनको समेत व्यवस्था रहेको हुँदा सबैजना केही न केही कुनै न कुनै मनोरन्जनमा मस्त रहेछन् । कोही थरी थरीको मोबाईल झिकेर सेल्फी तथा सामुहिक फोटो र भिडियो बनाउन व्यस्त रहेछन् ।

त्यस दिन सल्लाघारीका सल्लाका बोटहरू पनि बिहानैदेखि संगीतको धुनमा मस्त सुसाएर उभिएका रहेछन् । घरी घरी एकापसमा उनीहरूको भाषामा वनभोजको रमाइलोको बारेमा कुरा पनि गर्दा रहेछन् ।

रमाइलो चलिरहेकै बेला परिसरको एकछेउमा उभिएको अलि बाङ्गो रुख कता कता कुत्कुतिए झैँ गरि खिल्खिलाएर हाँसेको सबै रुखहरूले सुनेछन् । के भएछ भनेर वरपरका रुखहरूले त्यो बाङ्गो रुखतिर नियालेछन् । ओहो ! त्यो रुखलाई त युवतीहरूले प्रदक्षिणा गर्ने सुम्सुम्याउने जिस्काउने साथै अङ्कामाल गर्दै बलडान्सको शैलीमा पो नचाई रहेका रहेछन् । साथै फोटो र भिडियो समेत लिँदा रहेछन् । युवाहरू अरु नै मनोरन्जनमा व्यस्त हुँदा युवतीहरू भने त्यो रुखसँग लहस्सिएर बसेको देखेर नजिकका अन्य रुखहरू डाहाले भुतुक्कै भएछन् ।

एउटा रुखले त सोझोको दिन गएछ सम्म भन्न भ्याएछ । हुन पनि नजिकै त्यस्तो लरक्क परेको सर्लक्क सोझो रुख छाडेर त्यो कुक्रुक्क परेको बाङ्गो रुखलाई नै चाहिँ किन मनपराएका होलान् त ? कुरा त गजबै छ है । सोझो हुनु आफैमा राम्रो कुरा हो । हेर्दा पनि सोझो नै राम्रो देखिन्छ । तर सोझोको केही काम छैन । सोझो त हेर्नलाई मात्रै राम्रो हो । जमाना त जति बाङ्गोटिङ्गो हुनसक्यो उसैको हातमा हुँदोरहेछ । नत्र नजिकका त्यत्रा सोझा अरिमठ्ठे रुखहरू किन हिस्स पर्नुपर्थ्यो र… !

बिहान करिब नौ बजेबाट सुरुभएको वनभोज साँझ करिब पाँच बजेसम्म चलुञ्जेल पनि मन्दिर परिसरका अन्य कुनै रुखहरूले युवतीहरूको हस्तस्पर्श नपाएको चर्चा साँझसम्म सल्लाघारीमा गाईंगुईं हल्ला चलेको कुरा अलि पर गजधम्म परेर बसेको बरले सुनेको रहेछ । पीपल चाहिँ आफूलाई शनिबार एक दिन जलाभिषेक गरेर प्रदक्षिणा गर्ने गरेको कुरा सुनाउँदै चित्त बुझाउँदो रहेछ ।

यो लेखकलाई पनि सो कुराले हुनसम्मको ईर्ष्यालु पीडा भयो । सोझो कुरा के त भन्दा आखिर हो नि त, सोझो हुनु पनि केही रहेनछ । हुन त डाहा गरेर पो के लछारपाटो लाग्ने हो र, तै पनि डाहा शान्त पार्न भए पनि मनको बह त पोख्नै पर्‍यो भनेर सल्लाघारीको सल्लाहरूसँग सल्लाह गरेर लेखनमा व्यक्त गर्ने निर्णय गरेँ । बाङ्गो रुख तिम्रो जय होस् ।

०००
२०८०/१०/०१
गल्कोपाखा, काठमाडौं ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भजन मण्डलीको पुनर्गठन

भजन मण्डलीको पुनर्गठन

काशीनाथ मिश्रित
तर्सिङहोम (३)

तर्सिङहोम (३)

कृष्ण प्रधान
यमयात्रा

यमयात्रा

नरेन्द्रराज पौडेल
शिलाको चिठी पूर्वपतिलाई

शिलाको चिठी पूर्वपतिलाई

ठाकुरप्रसाद अधिकारी
लागेछ असार

लागेछ असार

विदुर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x