साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशले रगत मागे

देशले रगत मागे फर्सी वलि चढाऊ बुद्धिमा बिर्को लगाऊ दुनियाँलाई रमिता देखाऊ हिमाल, पहाड, तराई सबै खाली गराऊ ।

Nepal Telecom ad

उषा गुरुङ :

देशले रगत मागे
कुभिण्डो वलि चढाऊ
युवा जति खाडी मुलुक पठाऊ
समुद्रपारि पठाऊ
मनग्गे रेमिट्यान्स भित्र्याऊ ।

देशले रगत मागे
घिरौला वलि चढाऊ
वृद्ध वृद्धालाई आश्रम पठाऊ
बालबालिकालाई बाल गृह पठाऊ
घर रित्तो बनाऊ
महल खाली गराऊ
कमिला र धमिरालाई बस्न लगाऊ ।

देशले रगत मागे
चिचिण्डो वलि चढाऊ
नेताको शिरमा पगरी पहिराऊ
ढुकुटी रित्तो बनाऊ
बालीमा विष मिसाऊ
किड्नी, मुटु, फोक्सो
फेलर बनाऊ
अङ्ग फेर्न लगाऊ ।

देशले रगत मागे
फर्सी वलि चढाऊ
बुद्धिमा बिर्को लगाऊ
दुनियाँलाई रमिता देखाऊ
हिमाल, पहाड, तराई
सबै खाली गराऊ
माटोलाई धुलोपिठो बनाऊ
आफ्नो सास त्यही चढाऊ ॥

०००
झापा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय कुर्सी देवा !

जय कुर्सी देवा !

नन्दलाल आचार्य
कुर्सी-शरणम् गच्छामि

कुर्सी-शरणम् गच्छामि

नन्दलाल आचार्य
मौसमी भमरा र जनताको आँगन

मौसमी भमरा र जनताको...

नन्दलाल आचार्य
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
जहाँ छन् गिद्धका आँखा

जहाँ छन् गिद्धका आँखा

डा. बमबहादुर जिताली
राष्ट्रिय गीत

राष्ट्रिय गीत

होम सुवेदी
0
Would love your thoughts, please comment.x
()
x