साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बुढ्यौली काव्य शृङ्खला (४१)

वृद्धवाङ्मयले गर्दा मिल्छ ऊर्जा निरन्तर । सिद्ध युवक हून्, हाम्रा कार्य साधनमा तर ॥ उपदेश दिने गर्छौं सत्य श्रीकृष्णझैँ अनि । कर्ममा हून्, युवा हाम्रा नित्य अर्जुनझैँ बनी ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

असी श्रावणको मास अन्त्य पच्चीसका दिन ।
निरीक्षण गरी हिँड्थ्यौँ वृद्ध चिन्तनका जन ॥ (२३०)

गोधूलिको थियो वेला शुभ्र आकाशमा छवि ।
हतारिँदै थिए आफैँ डुब्नलाई उता रवि ॥२३१॥

पाँचभाइ बुढा हामी पञ्चरत्न समानका ।
भेटियौँ टोलमा हिँड्दा बात छाँट्यौँ तमामका ॥२३२॥

बाला युवा सबै साथ राख्दछौँसम आदर ।
जिम्मेवारसँगै हाम्रो अधिकार बराबर ॥२३३॥

हीनता बोधमा हामी आफ्ना जीवन खातिर ।
जाँदैनौँ कहिल्यै दामी सोच राख्छौँ निरन्तर ॥२३४॥

नयाँ पुस्ता कुनै हाम्रा दीनहीन नहून् तर ।
आशीर्वाद समालेमा हुन्छ जीवन सुन्दर ॥२३५॥

घामपारी मिले हाँस्छन् जहिल्यै फाँटका गरा ।
ढुङ्गो माटो मिलेकाले अडिएझैँ वसुन्धरा ॥२३६॥

वृद्धवाङ्मयले गर्दा मिल्छ ऊर्जा निरन्तर ।
सिद्ध युवक हून्, हाम्रा कार्य साधनमा तर ॥२३७॥

उपदेश दिने गर्छौं सत्य श्रीकृष्णझैँ अनि ।
कर्ममा हून्, युवा हाम्रा नित्य अर्जुनझैँ बनी ॥२३८॥

समाज उक्लियोस् माथि नलिएर कुनै भय।
युवा अगाडि राखेर गर्दछौँ वृद्धनिर्णय॥२३९॥

०००
२०८०/४/२६,

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

देवीप्रसाद मिश्र
वृद्धमा खुसी फुलोस्

वृद्धमा खुसी फुलोस्

देवीप्रसाद मिश्र
विचारपथका चेलाहरू हो सुन

विचारपथका चेलाहरू हो सुन

देवीप्रसाद मिश्र
वृद्धाहरू सबल छन् अब राज्य हाँक्न

वृद्धाहरू सबल छन् अब...

देवीप्रसाद मिश्र
0
Would love your thoughts, please comment.x
()
x