सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बुढ्यौली काव्य शृङ्खला (४१)

वृद्धवाङ्मयले गर्दा मिल्छ ऊर्जा निरन्तर । सिद्ध युवक हून्, हाम्रा कार्य साधनमा तर ॥ उपदेश दिने गर्छौं सत्य श्रीकृष्णझैँ अनि । कर्ममा हून्, युवा हाम्रा नित्य अर्जुनझैँ बनी ॥

Nepal Telecom ad

देवीप्रसाद मिश्र :

असी श्रावणको मास अन्त्य पच्चीसका दिन ।
निरीक्षण गरी हिँड्थ्यौँ वृद्ध चिन्तनका जन ॥ (२३०)

गोधूलिको थियो वेला शुभ्र आकाशमा छवि ।
हतारिँदै थिए आफैँ डुब्नलाई उता रवि ॥२३१॥

पाँचभाइ बुढा हामी पञ्चरत्न समानका ।
भेटियौँ टोलमा हिँड्दा बात छाँट्यौँ तमामका ॥२३२॥

बाला युवा सबै साथ राख्दछौँसम आदर ।
जिम्मेवारसँगै हाम्रो अधिकार बराबर ॥२३३॥

हीनता बोधमा हामी आफ्ना जीवन खातिर ।
जाँदैनौँ कहिल्यै दामी सोच राख्छौँ निरन्तर ॥२३४॥

नयाँ पुस्ता कुनै हाम्रा दीनहीन नहून् तर ।
आशीर्वाद समालेमा हुन्छ जीवन सुन्दर ॥२३५॥

घामपारी मिले हाँस्छन् जहिल्यै फाँटका गरा ।
ढुङ्गो माटो मिलेकाले अडिएझैँ वसुन्धरा ॥२३६॥

वृद्धवाङ्मयले गर्दा मिल्छ ऊर्जा निरन्तर ।
सिद्ध युवक हून्, हाम्रा कार्य साधनमा तर ॥२३७॥

उपदेश दिने गर्छौं सत्य श्रीकृष्णझैँ अनि ।
कर्ममा हून्, युवा हाम्रा नित्य अर्जुनझैँ बनी ॥२३८॥

समाज उक्लियोस् माथि नलिएर कुनै भय।
युवा अगाडि राखेर गर्दछौँ वृद्धनिर्णय॥२३९॥

०००
२०८०/४/२६,

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
लाग्यो बुढ्यौली भनी

लाग्यो बुढ्यौली भनी

रामशरण न्याैपाने
भो जीवनी बञ्जर (५)

भो जीवनी बञ्जर (५)

हेम अधिकारी
आमाको चिठी

आमाको चिठी

लक्ष्मण गाम्नागे
मजा छ बुढ्यौली

मजा छ बुढ्यौली

भरत आचार्य