गाेपाल काफ्लेतीन मुक्तक : तीन थरीका
पहाड, “पहाडी बन्दा रमाउँछु !” भन्छ तराई, “मधेशी भन्दा रमाउँछु !” भन्छ नेपाल, “नेपाली हौँ, भन !” भनेर भन्छ हिमाल, “हिमाली गन्दा रमाउँछु !” भन्छ ।

गोपाल काफ्ले :
१.
“प्रशंसाको पहिरो चलाई सँगाल्नुको आनन्द अर्कै छ ।
प्यारका प्यारा बात गर्दै पगाल्नुको आनन्द अर्कै छ !!
माकुर – माकुर घुरघुर गर्दै परेवाका जोडीजस्तै…
हातको हारले प्यारीलाई अँगाल्नुको आनन्द अर्कै छ !!”
२.
पहाड, “पहाडी बन्दा रमाउँछु !” भन्छ
तराई, “मधेशी भन्दा रमाउँछु !” भन्छ
नेपाल, “नेपाली हौँ, भन !” भनेर भन्छ
हिमाल, “हिमाली गन्दा रमाउँछु !” भन्छ ।
३.
आनन्द, वनमा पाइन्छ रे; मैले भनेँ
खुसी, धनमा पाइन्छ रे; उनले भने
दरबार र रानी छोडेका सिद्धार्थ….
दुवै कुरा, मनमा पाइन्छ रे; तिनले भने !
०००
सिन्धुली, हाल भरतपुर चितवन
Subscribe
Login
0 Comments
Oldest






































