साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको सोह्रौँ स्थापना दिवसमा आधा दर्जन पुरस्कार अर्पण

प्रमुख अतिथिले पानसमा बत्ती बालेर उद्घाटन गरिएको यस कार्यक्रममा अध्यक्षको स्वागत मन्तव्यबाट सुरु भएको थियो । यस कार्यक्रममा प्रा.डा. ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो भने वरिष्ठ समालोचकद्वय गोपी मैनाली र ठाकुरप्रसाद शर्मा भण्डारीलाई सम्मान गरिएको थियो ।

Nepal Telecom ad

काठमाडौँ, २०८० माघ २१ । सुरभि साहित्य प्रतिष्ठानको १६ औँ स्थापना दिवस तथा १५७ औँ आख्यान वाचन कार्यक्रममा १० जना साहित्यकारहरूलाई अभिनन्दन, सम्मान र पुरस्कार अर्पण गरिएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुरामप्रसाद पौडेलको सभापतित्वमा सम्पन्न यस कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगरप्रमुख दीपक रिसालको प्रमुख आतिथ्य रहेको थियो भने विशिष्ट अतिथि गो.न.पा. वडा नं. ८ का वडाध्यक्ष नन्दलाल श्रेष्ठको रहेको थियो ।

अन्य अतिथिहरूमा वरिष्ठ हास्यकवि मुकुन्द आचार्य, वरिष्ठ सहित्यकारहरू गायत्री चापागाईं, विष्णुप्रसाद पन्त, हरिभक्त सिग्देल, बद्री अर्याल, दिव्य गिरी, कलानिधि दाहाल, सुरभिका संरक्षक एवम् पुरस्कार संस्थापक विजय चालिसे, संरक्षक एवम् सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कारका संस्थापक गोविन्द घिमिरे वेदमणि, सुरभिका संरक्षक युवराज मैनाली, घुम्ती कविगोष्ठी नेपालका अध्यक्ष माधवलाल श्रेष्ठ, घुम्ती मुक्तक मञ्चका अध्यक्ष निर्मलरमण पराजुली, पत्रकार विनोद दाहाल वत्स, सैली साहित्य समाजकी अध्यक्ष मञ्जुश्री प्रधान केसी ‘रानु’, सुरभि-रमा-बद्री निबन्ध पुरस्कारका संस्थापक विमल अर्याल, वरिष्ठ हास्यव्यङ्ग्यकार नरेन्द्रराज पौडेल लगायतका व्यक्तित्वहरू हुनुहुन्थ्यो ।

प्रमुख अतिथिले पानसमा बत्ती बालेर उद्घाटन गरिएको यस कार्यक्रममा अध्यक्षको स्वागत मन्तव्यबाट सुरु भएको थियो । यस कार्यक्रममा प्रा.डा. ऋषिराम पोखरेललाई अभिनन्दन गरिएको थियो भने वरिष्ठ समालोचकद्वय गोपी मैनाली र ठाकुरप्रसाद शर्मा भण्डारीलाई सम्मान गरिएको थियो ।

त्यसै गरी नगद रु. २५००५।-को गुरुप्रसाद मैनाली-सुरभि आख्यान पुरस्कार साहित्यकार ध्रुव सापकोटालाई, त्यति नै नगद राशिको बाजुराम आख्यान साधना पुरस्कार प्रा.डा.गोविन्दराज भट्टराईलाई, सोही नगद राशिको सुरभि-रमा-बद्री निबन्ध पुरस्कार प्रा.डा. माधवप्रसाद पोखरेललाई प्रदान गरिएको थियो ।

त्यसै गरी नगद रु. १०००५।- राशिको सुरभि-अच्युतराम चालिसे लघुकथा पुरस्कार महेश प्रसाईंलाई, त्यति नै नगद राशिको सुलेख आख्यान प्रतिभा पुरस्कार इन्द्रकुमार श्रेष्ठ ‘सरित’लाई, त्यतिकै नगद राशिको सुरभि-प्रह्लाद नारी आख्यान पुरस्कार ललिता दोषीलाई र सोही नगद राशिको सुरभि-वेदमणि आख्यान प्रतिभा पुरस्कार लीलाराज दाहालाई प्रदान गरिएको थियो ।

पुरस्कारमा नगदका साथै दोसल्ला र प्रमाण पत्र प्रदान गरिएको थियो । पुरस्कार कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख दीपक रिसालले प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथिले हाम्रो नगरपालिका भित्रको सुरभि साहित्य प्रतिष्ठानले यसरी विभिन्न व्यक्तित्वहरूलाई पुरस्कृत गर्दा नगरपालिकाले गरेको झैँ भएको छ भन्नुभयो । वहाँले सुरभिले आख्यानका क्षेत्रमा सराहनीय काम गरेको छ । हामी सबैले यस प्रतिष्ठानलाई माथि लैजानुपर्छ भन्दै वहाँले नगरपालिकाले बर्सेनी अन्तर्राष्ट्रिय स्तरको साहित्यिक कार्यक्रम गर्दै आएको छ र यस्ता कार्यक्रम निरन्तर हुने कुरा बताउनुभयो । आफ्नो पहिलो कार्यक्रमभित्र साहित्यिक संवर्धन पर्ने बताउनुहुँदै वहाँले साहित्य नै हामी सबैलाई एक गराउने र समाजलाई सजग गराउने गतिलो माध्यम भएको हुनाले यसको उत्थानमा नगरपालिका निरन्तर लाग्ने कुरा बताउनुभयो ।

अन्य वक्ता विजय चालिसे र गोविन्द घिमिरे वेदमणि तथा पुरस्कृत व्यक्तित्वहरू प्रा.डा. ऋषिराम पोखरेल, प्रा.डा. गोविन्दराज भट्टराई, माधवप्रसाद पोखरेल र धु्रव सापकोटाले पनि सुरभि साहित्य प्रतिष्ठानको सराहना गर्दै यस क्षेत्रको उत्कृष्ट साहित्यिक संस्था भएको बताउनुभयो । सम्मानित व्यक्ति गोपी मैनालीले सम्मानितको तर्फबाट बोल्नुभएको थियो ।

कार्यक्रममा युवराज मैनालीले पुरस्कृत व्यक्तिहरूको व्यक्तित्व र कृतित्वको बारेमा सङ्क्षेपमा बताउनुभयो । कार्यक्रमको अन्त्यमा सुरभिका आजीवन सदस्यहरूलाई प्रमाणपत्र वितरण गरिएको थियो भने प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले धन्यवाद मन्तव्य दिनुभएको थियो । प्रतिष्ठानका सचिव अच्युत घिमिरेले सञ्चालन गरेको यो कार्यक्रममा भव्य उपस्थिति रहेको थियो ।

०००
– परशुराम परासरद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x