साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको ५५ औँ शृङ्खला

बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको पचपन्नौ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो।

Nepal Telecom ad

बर्दिवास, २०८० फागुन ५ । बर्दिवास साहित्यिक-सांस्कृतिक प्रतिष्ठानको पचपन्नौ शृङ्खला यस प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भयो।

प्रतिष्ठानका कोषाध्यक्ष पवन वाग्लेले सञ्चालन गरेको सो कार्यक्रम सफलताको शुभकामना दिने साहित्य स्रष्टाहरू प्रगतिशील लेखक सङ्घ मधेश प्रदेश समिति सचिव तथा साहित्य संवर्दन केन्द्र महोतरी संयोजक भिमकुमार राउत, बुढ्यौली साहित्य समाज महोतरी सचिव नारदप्रसाद काफ्ले, विश्व नेपाली साहित्य समाज महोतरी उपाध्यक्ष शान्ता काफ्ले, प्रलेस केन्द्रीय सदस्य तथा यस प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शी थिए ।

कार्यक्रममा श्री देउराली मा वि बर्दिवास एकका प्र अ कुमार घिमिरे, जनसास्कृतिक महासंघ मधेश प्रदेश समिति सह सचिव सम्झना राई अतिथिको रूपमा उपस्थिति थिए।

कार्यक्रममा विभिन्न लयका कविता, गीत, मुक्तक वाचन गरिएका थिए । वाचन गर्ने स्रष्टाहरूमा विपिन वि क, रसिक पौडेल, क्रिन्स चौधरी, शान्ता काफ्ले, विश्वास अभियान (नारद), विमला वि क, विवेक यादव, श्रीतेस साह, जीवनस्पर्शी, विपुल विद्रोही, पवन आदि थिए।

कार्यक्रमको अन्त्यमा सभाध्यक्ष रामचन्द्र पौडेलले शृङ्खलामा उपस्थिति अतिथि स्रष्टा, रचना प्रस्तुत गरी कार्यक्रमको शोभा बढाउने प्रतिष्ठानमा नव प्रतिभा तथा प्रतिष्ठानलाई सुझाव, सल्लाह दिई अगाडि बढ्न हौशला प्रदान गर्दै ५५ औँ पाइलासम्म आउन दृश्य अदृय रूपमा माया र सद्भाव राख्ने सहयोगीहरूप्रति हार्दिक आभार व्यक्त गर्दै कार्यक्रम समापना गरेका थिए।

प्रतिष्ठानको पचपन्नौ साहित्य शृङ्खला श्री देउराली मा वि बर्दिवासको प्राङ्गणमा सम्पन्न भएको हो।

०००

– नारद काफ्लेद्वारा संप्रेषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x