साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘बोल्दैन फोटो’ कृतिमाथि अन्तर्विमर्श

कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् एवम् प्राज्ञ प्रा. दिनेशराज पन्तसहित पच्चीसतीस साहित्यिक व्यक्तित्वहरुद्वारा कृतिका बारेमा टिकाटिप्पणी तथा कृतिको औचित्यबारे वृहत् चर्चा भएको हाे ।

Nepal Telecom ad

काठमाडौं, २०८० फागुन ६ । दायित्व वाङ्मय प्रतिष्ठानद्वारा प्रकाशित तथा डा.रामप्रसाद दाहालद्वारा लिखित ‘बोल्दैन फोटो’ नियात्रोपन्यास कृतिमाथि विमर्श भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इतिहासविद् एवम् प्राज्ञ प्रा. दिनेशराज पन्तसहित पच्चीसतीस साहित्यिक व्यक्तित्वहरुद्वारा कृतिका बारेमा टिकाटिप्पणी तथा कृतिको औचित्यबारे वृहत् चर्चा भएको सो समारोहमा प्रमुख अतिथि श्री पन्तले भन्नुभयो— शैक्षिक उन्नति र प्रगतिमा समर्पित स्रष्टा डा. दाहालले ‘बोल्दैन फोटो’ जस्तो नपढिनहुने कृति दिएर साहित्य जगत्लाई ठूलो गुन लगाउनुभएको छ ।

सो अवसरमा समालोचक एवं कवि ठाकुर शर्मा भण्डारी र पत्रकार एवं साहित्यकार पुरुषोत्तम दाहालले कृतिमाथि विशेष टिप्पणी गर्नुभएको थियो भने वरिष्ठ साहित्यकार सूब सेन, संस्कृतिविद् डा. वीणा पौड्याल, वरिष्ठ कथाकार भागिरथी श्रेष्ठ, समालोचक युवराज मैनाली र अन्य साहित्यकारहरु बमबहादुर थापा जिताली, विजयध्वज थापा, बालिका गिरी, मञ्जुश्री प्रधान, केशवराज पन्त, सविन पोखरेल, वीरबहादुर लोहनी र राधा कार्की दुलालले पनि कृतिको औचित्यबारे सङ्क्षिप्त टिप्पणी गर्नुभएको थियो ।

दायित्व वाङ्मय प्रतिष्ठानका अध्यक्ष रामप्रसाद पन्तको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा श्री पन्तले कृति प्रकाशनको प्रयोजनबारे स्पष्ट पार्नुभएको थियो भने कृतिकार डा. दाहालले सगरमाथा वेसक्याम्प परिधिको यात्राबाट प्रभावित भएर कृति लेख्न प्रेरणा जागेको बारे आफ्ना भावना प्रस्तुत गर्नुभएको थियो ।

०००
– रामप्रसाद पन्तद्वारा संप्रषित

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x