साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चूडामणि रेग्मीलाई नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषको २०८० फागुन ३० गते पवन आलोकको अध्यक्षतामा बसेको बैठकले रेग्मीलाइ पुरस्कृत गर्ने उक्त निर्णय गरिएको हो ।

Nepal Telecom ad

काठमाडाैं, २०८० चैत १ । यस वर्षको नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार नेपालको पूर्वेली भेग झापामा रही नेपाली साहित्यिक पत्रकारितामा विशिष्टता हासिल गर्नु भएका साहित्यिक पत्रकार चूडामणि रेग्मीलाई अर्पण गरिने निर्णय गरिएको छ।

नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार कोषको आज २०८० फागुन ३० गते पवन आलोकको अध्यक्षतामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकमा ‘अभिव्यक्ति’ पत्रिकाका संरक्षक नगेन्द्रराज शर्माका साथै कोषका अन्य सदस्यहरू विधान आचार्य, देविका तिमिल्सिना, श्रीओम श्रेष्ठ रोदन, शङ्कर भारती र किशोर पहाडी उपस्थित हुनुहुन्थ्यो।

‘जुही’ साहित्यिक पत्रिकाको सम्पादकको रूपमा चिनिनु हुने चूडामणि रेग्मी वि.सं.२०१३ देखि नै बनारसबाट प्रकाशित ‘छात्रदूत’ पत्रिकाको सम्पादन कार्यमा समेत संलग्न रहनु भएको थियो ।

झर्रो नेपाली आन्दोलनका सहयात्री र प्रयोक्ता रेग्मीका नेपाली साहित्यमा समालोचना, कथा, निबन्ध, हास्यव्यङ्ग्य आदिका २५ भन्दा बढी कृतिहरू प्रकाशित छन्।

हरेक वर्ष झैँ यो वर्ष पनि नगेन्द्रराज शर्मा साहित्यिक पत्रकारिता पुरस्कार चैत्र २२ गते एउटा समारोह आयोजना गरी प्रदान गरिनेछ।

यसअघि यो पुरस्कार दुई वरिष्ठ साहित्यिक पत्रकारहरू रोचक घिमिरे र रामप्रसाद पन्तलाई अर्पण गरी सकिएको छ।

०००
समाचार श्राेत शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x