साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सोचेजस्तो जिन्दगी हुन्न

बाटा होलान् दुःखमा साट्नुपर्ने नापी जाँची होसले टेक्नुपर्ने आशा साँची लक्ष्यको चित्र कोर्ने पीडा छोपी जिन्दगी नाच्नुपर्ने ।

Nepal Telecom ad

डा. खगेन्द्रप्रसाद दाहाल :

पैले पैले दिव्य लोकोक्ति सुन्थेँ
‘सोचेजस्तो जिन्दगी हुन्न’ भन्थे
हिँड्दै आफैँ भोगुँला मात्र भन्थेँ
खुट्टा टेक्ने साधनामा म हुन्थेँ । ।

साठी काटी खुट्किला डोब गन्छु
लड्दै उठ्ने जिन्दगी हो म भन्छु
सोचेजस्तो हो हुँदै हुन्न भन्छु
टर्रो मीठो जिन्दगी हो म भन्छु ।।

हिँड्दै जाँदा आउँछन् मोड चोक
बढ्दै जाँदा तेर्सिने रोकटोक
अग्लो होचो काट्नुपर्ला नथाक
हो यो यात्रा जिन्दगीको नरोक ।।

साँच्चै पर्दा भाग्छ जो जोड्छ चोचो
थामेँ भन्दै झार्छ झन् राख्न होचो
छामी हेर्दा जिन्दगी लाग्छ काँचो
खुट्टा तान्ने मित्रको हुन्न खाँचो ।।

चढ्दै जाँदा उक्लिएको उकालो
काट्दै जाँदा खोँच ढुङ्गे भिरालो
बाटो छुट्ला नेत्रमा पर्छ जालो
गाढा होला भित्र ढाक्ने तुवाँलो ।।

धेरै पाटा छन् यहाँ सोच्नुपर्ने
जानी जानी रातमै बाँच्नुपर्ने
धेरै राँटा छन् यहाँ मेट्नुपर्ने
खोजी आफ्नै जिन्दगी भेट्नुपर्ने ।।

बाटा होलान् दुःखमा साट्नुपर्ने
नापी जाँची होसले टेक्नुपर्ने
आशा साँची लक्ष्यको चित्र कोर्ने
पीडा छोपी जिन्दगी नाच्नुपर्ने ।।

होला केही तुष्टि जोडेर प्राप्ति
लामो सूची बन्छ जोडी अप्राप्ति
भेट्छन् कोही भित्रभित्रै अशान्ति
खोजे मिल्ला जिन्दगीभित्र शान्ति ।।

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढाको ढिपी

बुढाको ढिपी

डा. खगेन्द्रप्रसाद दाहाल
देशको सान ढल्ला

देशको सान ढल्ला

डा. खगेन्द्रप्रसाद दाहाल
सम्भ्रम

सम्भ्रम

डा. खगेन्द्रप्रसाद दाहाल
घुम्छन् दुखेसा उही

घुम्छन् दुखेसा उही

डा. खगेन्द्रप्रसाद दाहाल
झटाराहरू सोझियून् लक्ष्यतर्फ

झटाराहरू सोझियून् लक्ष्यतर्फ

डा. खगेन्द्रप्रसाद दाहाल
मिलेमतो (२)

मिलेमतो (२)

डा. खगेन्द्रप्रसाद दाहाल
पाका युवा बालक छन् बिहाल !

पाका युवा बालक छन्...

घनश्याम रेग्मी
मलाई लिन आऊ छोरा

मलाई लिन आऊ छोरा

भावना न्याैपाने
राखून् सद्भाव पाका परिजनबिचमा

राखून् सद्भाव पाका परिजनबिचमा

विद्या अनामिका तिवारी
0
Would love your thoughts, please comment.x
()
x