साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शहरमा विकास भएकै छ !

खाल्टा खाल्टीहरू माटोले पुरेका अनि सडक मर्मतको बिल पास हुन्छन् दिनौँ दुर्घटना शिक्षा, स्वास्थ्य न्याय सबै सबैको व्यापार हुन्छ त्यसैले यो शहरमा खुबै विकास भएको छ ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

हो हाम्रो शहर सुन्दर छ
शहरको विकास भएकै छ
चारैतिर निजी स्कुलहरू
निजी अस्पत्तालहरू
घरै घरले भरिएको छ
हो
त्यसैले त भन्छन्
हाम्रो शहरको विकास भएकै छ
विदेशी बजार लाग्छ
अफ्सिजनका खाद्यान्नहरू
खुब विक्रि हुन्छन् ।

हिजोका दिनहरूमा
अस्पताल नभएर
धेरैजसो अकालमै मरेका हुन्थे
तर साँच्चै त्यो दिन गयो
अब अस्पत्ताल छन्
यो छुट्टै कुरा हो
मानिसहरू दिनहुँ मर्छन्
हिजोको भन्दा धेरै
आज तर औषधि
नभएर होइन
बरू डाक्टरको लापरवाहीमा
औषधि दिन नजानेर
वा औषधि किन्न
नसकेर मर्छन्
विचरा डाक्टर पनि त यही
समाजका हुन्
पैसाको लागि
बनेका
पैसा खर्चिएर
डिग्री किनेका हुनसक्छन्
त्यसैले लगातार रोगीहरू
मारिन्छन्
कहिले वृद्धा
कहिले
अबोध बालख
त कहिले
प्रसवपीडामा छट्पटाउँदै
आएका माहिलाहरू
मारिन्छन्
हो यो शहरको विकास भएकै छ
मसान घाटमा दिनहुँ
लाश आउँछन्
लकडीको खुबै विक्री हुन्छ
यहाँ कात्रो बिक्छ
अनि बिक्छन्
काज क्रियाका सामानहरू
स्वर्ग पठाउने मन्त्रको पाठ
अनि थुप्रै बा आमाका सपनाहरू
सबैमा इजाफा भएकै छ ।

कृषियोग्य जमिन चाहिँदैन
किनकि विदेशी बजार
दनादन चलेको छ
हाम्रो शहरमा
खाल्टा खाल्टीहरू माटोले
पुरेका अनि
सडक मर्मतको
बिल पास हुन्छन्
दिहुँ दुर्घटना
शिक्षा, स्वास्थ्य
न्याय सबै सबैको
व्यापार हुन्छ
त्यसैले यो शहरमा
खुबै विकास भएको छ ।
अपराधीको
र उस्तै भ्रष्टाचारीको
खुबै  विकास भएकाे छ ।

०००
दाङ, घोराही १८

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
विवाह

विवाह

सुरेशकुमार पाण्डे
चट्टान्

चट्टान्

सुरेशकुमार पाण्डे
मजदुरमा दरार

मजदुरमा दरार

सुरेशकुमार पाण्डे
राजनीति

राजनीति

सुरेशकुमार पाण्डे
प्रगति

प्रगति

सुरेशकुमार पाण्डे
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x