साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पण्डितको साइत

`बुधबार बुद्धिप्रसादकी छोरीको बिहे, शुक्रबार शुकमाया भाउजूकोमा सरात, शनिबार सन्सरेका भान्जाको बर्तुन ...।´

Nepal Telecom ad

रमेशचन्द्र घिमिरे :

`गल्लीपारिका वृहस्पति ढकालले भेट्न खोज्दै थिए, हजुरलाई !´ मन्दिर पुगेर आउँदै गरेका पण्डित बाजेलाई पण्डितनी बज्यैले दैला ठेलामै सम्झाइन् । `घरपैँचो कि के जातिका लागि साइत हेर्दिनुपर्‍यो भन्दै थिए ।´

`आइतबार आइतकुमारको घरमा एकाहा, सोमबार सोमवीरको घरमा रुद्री, मङ्‌गलबार मङ्‍‌गली भाउजूकोमा वार्षिकी …´पण्डित बाजेले आसकोटको खल्तीबाट चस्मा निकाल्दै टिपोट हेरेर बोल्दै गए ।

त्यति नै बेला घरपैँचोको साइत हेर्ने कुरा सम्झाउँदै वृहस्पतिको फोन आयो । पण्डित बाजेले राशिको नाम सोधे जस्तो गरे । `राशि वृश्चिक, राशिको नाम यिश्वर…´उताबाट आवाज आयो । `वृश्चिक राशि तो ना नि नु ने या यि यु … भनेपछि मैले कुरा बुझेँ । पात्रो हेरेर एक छिनपछि फोन गर्छु´ भनेर फोन राखिहाले ।

पण्डित बाजेले अघिको क्रम फेरि अगाडि बढाए । `बुधबार बुद्धिप्रसादकी छोरीको बिहे, शुक्रबार शुकमाया भाउजूकोमा सरात, शनिबार सन्सरेका भान्जाको बर्तुन …।´

पण्डित बाजेले पण्डितनी बज्यैसँग भित्ताको क्यालेन्डर मगाए । आफू व्यस्त हुने बार हेर्दै घेरो लगाए, फोन निकाले र तुरुन्तै ब्याक कल गरिहाले- `मैले पात्रो हेर्दा बिहीबार राम्रो साइत निस्कियो है, वृहस्पति बाबु !´

०००
२०८०/११/१७
भोर्लेटार, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
भ्रममार्ग

भ्रममार्ग

रमेशचन्द्र घिमिरे
अप्रिल फर्स्ट

अप्रिल फर्स्ट

रमेशचन्द्र घिमिरे
देखासिकी

देखासिकी

रमेशचन्द्र घिमिरे
गुलियो माया

गुलियो माया

रमेशचन्द्र घिमिरे
राधा पियारी

राधा पियारी

रमेशचन्द्र घिमिरे
विश्व सुन्दरी

विश्व सुन्दरी

रमेशचन्द्र घिमिरे
तर्सिङहोम (२)

तर्सिङहोम (२)

कृष्ण प्रधान
छिमेकी

छिमेकी

मीनप्रसाद लामिछाने
स्तर

स्तर

लीलाराज दाहाल
पेटाहा र फटाहा

पेटाहा र फटाहा

रामप्रसाद पन्थी
0
Would love your thoughts, please comment.x
()
x