साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रखर समालाेचक दधिराज सुवेदीकाे देहान्त

वि.सं. २००४, साउन ४ गते, भोजपुर, दिङलामा जन्मिनुभएका दधिराज सुवेदी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका सदस्य सचिव र प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष हुनुहुन्थ्यो ।

Nepal Telecom ad

विराटनगर, २०८० चैत १४ । विराटनगरलाई कर्मथलो बनाएर नेपाली साहित्यको सेवा गरिरहनु भएका कर्मशील
स्रष्टा व्यक्तित्व दधिराज सुवेदीले ७६ वर्षको उमेरमा जीवनको अविरल यात्राबाट आज २०८० चैत्र १४ गते बिहान ३.०० बजे विश्राम लिनुभएको दु:खद खबर छ ।

पारिवारिक स्रोतका अनुसार उहाँको दाहसंस्कार आजै बिहान ९.०० बजे विराटनगरको परोपकार घाटमा गरिनेछ।

वि.सं. २००४, साउन ४ गते, भोजपुर, दिङलामा जन्मिनुभएका दधिराज सुवेदी पूर्वाञ्चल साहित्य प्रतिष्ठानका सदस्य सचिव र प्रतिभा पुरस्कार प्रतिष्ठान विराटनगरका अध्यक्ष हुनुहुन्थ्यो ।

नेपालीमा स्नातकाेत्तर सुवेदी मूलत: समालोचनामा सक्रिय हुनुहुन्थ्यो । नेपाली वाङमयका विशिष्ट साधक र उनका साधनाको अभिरेखाङ्कन (२०४४), प्रतिभा र प्रस्तुति (२०४५) र नेपाली साहित्यका मुस्कानहरू (२०६९) समालाेचनात्मक कृति प्रकाशित छन् ।

सुवेदीलाई केही समय यता क्यान्सर रोगले गालेको थियो।

०००
समाचार श्राेत: शब्दपथ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x