फित्काैली डटकमबुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको चौथो रचना वाचन
चौथो संयुक्त नियमित रचना वाचन कार्यक्रम समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलकाे अध्यक्षता एवम् वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

साहित्यकारका माला साहित्यकारले उनी ।
गुञ्जायमान गर्दै छौँ स्वर सौन्दर्यको ध्वनि ।।
खेतीपाती यही हाम्रो दसैँ तिहार हो यही ।
रम्नेछौँ यसमा हामी आकाङ्क्षा बोक्तछौँ सही ।।
भक्तपुर, २०८० चैत्र १७ । भक्तपुर बुढ्यौली साहित्य समाज र अनुशीलन नेपालको चौथो संयुक्त नियमित रचना वाचन कार्यक्रम समाजका उपाध्यक्ष दीनानाथ पोख्रेलकाे अध्यक्षता एवम् वृहत्तर महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेकाे प्रमुख आतिथ्यमा सम्पन्न भएकाे छ ।
समाजका सल्लाहकार तथा चाँगुनारायण साहित्य समाजका अध्यक्ष लालबहादुर भुजेल र अक्सफोर्ड प्राक्टिकल विद्यालयका प्रिन्सिपल रवि दुवालकाे आतिथ्यमा अक्सफोर्ड प्राक्टिकल स्कुल सल्लाघारी भक्तपुरमा सम्पन्न भएकाे हाे ।
समाजका अध्यक्ष कविराज घिमिरेद्वारा सञ्चालन गरिएको सो कार्यक्रममा विभिन्न साहित्यकारहरूले आआफ्ना रचना वाचन गर्नुभयो ।
रचना वाचन गर्नेहरूमा कृष्णप्रसाद पौडेलबाट शिव शिव जप्छु .. भजन लोकलयमा, राजेन्द्रकुमार बज्राचार्यबाट कविता अनुष्टुप् छन्दमा, सावित्री खड्काबाट कविता बाजको बिलौना, समाजकी सदस्य जुनू घिमिरेबाट सिमानामा देश कविता, समाजका सदस्य रामशरण न्यौपानेबाट सपुतसहित बाँच्न पाऊँ कविता, प्रवरललिता छन्दमा, धरणिधर गुरागाईँबाट गजल हरायो जवानी, विद्याअनामिका तिवारीबाट कविता पञ्चचामर छन्दमा, एमपी पाण्डेबाट गजल र टप्पा विधा, राजकुमार राजभण्डारीबाट टुक्का, बि.के माकाजूबाट कविता पैसा ठूलो, श्रीबहादुर केसी शैलुङ्गेबाट मुक्तक, उषा बस्ताकोटीबाट कविता : फूलको अन्तिम इच्छा स्रग्धरा छन्दमा, कविराज घिमिरेबाट कविता, वृद्ध शीर्षकमा शार्दूलविक्रीडितमा, अतिथि लालबहादुर भुजेलआजका सभ्य श्रोताका रूपमा रहनुभयो ।
यसका साथै प्रमुख अतिथिबाट साहित्य ,भाषा, छन्दका कविहरूको परिचय गराउने पुस्तकका बारेमा, महाकाव्यकारहरूको इतिहास पहिलो खण्डको बारे र अब लेखिँदै गरेको जानकारी सहित आजका रचनाका विशेष टिप्पणी र कविता लेखनीका बारे जानकारी र बुढ्यौली साहित्य समाजलाई महत्त्वपूर्ण सुझाव दिइसकेपछि अन्त्यमा आफूले विद्यालयमा लेखेको कविता वाचन गर्नु भएकाे थियाे ।
सहभागी सबैललाई धन्यवाद दिँदै सभाध्यक्षले कार्यक्रम समापन गर्नुभयो ।
०००
– कविराज घिमिरेद्वारा संप्रेषित
Subscribe
Login
0 Comments
Oldest





































