साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुरभिको १५९ औँ आख्यान वाचन

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार गायत्रीकुमार चापागाईं हुनुहुन्थ्यो ।

Nepal Telecom ad

काठमाडौं, २०८० चैत्र, १७ । सुरभि साहित्य प्रतिष्ठानको १५९ औँ आख्यान वाचन कार्यक्रम सम्पन्न भएको छ ।

प्रतिष्ठानका अध्यक्ष बाजुराम पौडेलको अध्यक्षतामा भएको यस कार्यक्रमको प्रमुख अतिथि वरिष्ठ साहित्यकार गायत्रीकुमार चापागाईं हुनुहुन्थ्यो ।

विशिष्ट अतिथि संरक्षक युवराज मैनाली र अतिथिहरुमा घुम्ती मुक्तक मञ्चका अध्यक्ष निर्मलरमण पराजुली, अच्युतप्रसाद चालिसे, मुकुन्द आचार्य, वसन्त रिजाल र उद्धव रायामाझी हुनुहुन्थ्यो ।

दिउँसो १ बजे सुरु भएको यो कार्यक्रमको स्वागत मन्तव्य र वाचित कथाहरूको समीक्षा प्रतिष्ठानका उपाध्यक्ष परशुराम पराशरले गर्नुभएको थियो । प्रतिष्ठानका सहसचिव मेनका पोखरेल आचार्यले सञ्चालन गरेको कार्यक्रममा तारादेवी फुयाँल, शारदा पराजुली, रञ्जु खनाल, बिन्दु अधिकारी ढकाल, पवित्रा पौडेल, सुशील आचार्य, निर्मलरमण पराजुली, अच्युतप्रसाद चालिसे, बाजुराम पौडेल, शान्ति रिसाल, मुकुन्द आचार्य, युवराज मैनाली, परशुराम पराजुली र गायत्रीकुमार चापागाईंले कथा/लघुकथा वाचन गर्नुभएको थियो भने भोलानाथ सुवेदीले व्यङ्ग्य निबन्ध वाचन गर्नुभएको थियो ।

कार्यक्रमको अन्त्यमा प्रतिष्ठानका संरक्षक युवराज मैनालीले कथाका बारेमा बताउँदै लघुकथामा हुनुपर्ने तत्वको समेत जानकारी गराउनुभयो ।

कार्यक्रमका प्रमुख अतिथिले कथाका प्रारुपको बारे बताउनुभयो । उहाँले कथा वर्णनात्मकभन्दा चरित्रप्रधान हुनुपर्ने कुरा बताउनुभयो । कथामा कथाकार होइन कथाले नै पात्रहरूको चरित्रको बारेमा खुलाउनुपर्छ भन्नुभयो ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x