साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धनवज्र बज्राचार्य शोध सम्मानद्वारा डा. मुकेशकुमार चालिसे सम्मानित

धनवज्र बज्राचार्यको ९३ ‌औँ स्मृति सभाको अवसरमा डा. चालिसेसँगै संस्कृतिविद् प्राडा जगदिशचन्द्र रेग्मी, नयनाथ पौडेल र प्रकाशचन्द्र ओस्तीलगायत व्यक्तित्वहरू सम्मानित हुनुभएकाे थियाे ।

Nepal Telecom ad

काठमाडौँ । फित्काैली डटकमका सल्लाहकार एवम् प्राणीशास्त्री प्रा.डा. मुकेशकुमार चालिसे धनवज्र बज्राचार्य शोध सम्मानद्वारा सम्मानित हुनु भएकाे छ ।

प्राणीशास्त्र तथा विज्ञान साहित्यमा सोधात्मक क्रियामा चार दशक बिताउनु भएका चालिसेलाई ‘धनवज्र बज्राचार्य शोध सम्मान’ शीर्षकमा सम्मानित गरिएकाे हो । उहाँलाई लुम्विनी बौद्ध विश्वविद्यालयका पूर्व उपकुलपति तथा इतिहासविद् डा. त्रिरत्न मानन्धरदवारा सम्मान-पत्र प्रदान गरिएकाे थियाे ।

Dr Mukesh Kumar Chalishe

धनवज्र वज्राचार्यलाई नेपालका विशिष्ट विद्वान, मूर्धन्य इतिहासविद्, विख्यात संस्कृतज्ञ तथा लिपिविज्ञ प्रज्ञापुरुष रुपमा चिनिदै आएको छ । धनवज्र बज्राचार्यको ९३ ‌औँ स्मृति सभाको अवसरमा संस्कृतिविद् प्राडा जगदिशचन्द्र रेग्मी, नयनाथ पौडेल र प्रकाशचन्द्र ओस्तीलगायत व्यक्तित्वहरू सम्मानित हुनुभएकाे थियाे ।

त्यस्तै, प्राध्यापक चालिसेले विज्ञान तथा साहित्यको क्षेत्रमा एक दर्जन पुस्तक प्रकाशन गर्नु भएकाे छ । नेपालका बन्यजन्तु भाग – ४, पाका मान्छेका कुरा, डाँडाका उज्याला जून र मैले छिचोलेका कुइनेटा उहाँका पछिल्ला पुस्तकहरू हुन् ।

डा. चालिसे फित्काैली डटकममा बुढ्याैली विचार स्तम्भ अन्तर्गत बु्ढ्याैली विषयमा नियमित कलम चलाइरहनु भएकाे छ । सम्मानित हुनु भएकामा फित्काैली डा.चालिसेप्रति हार्दिक बधाई ज्ञापन गर्दछ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x