सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

ज्ञान हस्तान्तरण- २

बाँच्ने जीवन प्रेरणा मनुजले, देओस् सदा कालिक । वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥

Nepal Telecom ad

राजेन्द्रकुमार बज्राचार्य :

वृद्धावृद्ध छन् सिप, ज्ञानका ती योग्यता पूर्ण छन् ।
लेऊ लाभ यहाँ गरी वतनमा होस् शीघ्रता कर्म झन् ॥
होस् त्योआर्थिक लाभ साथ जनमा हुन् ज्ञानका साधक ।
वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥६॥

वृद्धा काल कतै व्यथा मनुजमा पीडा नहोस् घातक ।
छाओस् देव यहाँ कथा सहजमा क्रीडा नहोस् पातक ॥
लागोस् है अब योगदान घरको होस् हेर सामाजिक ।
वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥७॥

बन्दैनन् सब वृद्ध आश्रित यहाँ होस् धारणा मानव ।
चिन्ता हट्छ सबै समाज जनको बन्दैन त्यो दानव ॥
वृद्धावृद्ध बनोस् समाज घरका साक्षात् रहोस् एकक ।
वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥८॥

वृद्धाका कति साहसी नियम छन्,लाग्छन् कतै कर्ममा ।
थोरै जुक्ति गरे यहाँ कदममा, पुग्छन् जहाँ पर्ममा ॥
थाहा हुन्न युवाजनै पहलको, जन्ती रुँग्दा यौतुक ।
वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥९॥

पाका ज्ञान विधानको वजनमा होला युवाका मति ।
सक्दैनन् कति खट्न रात दिनमा के हुन्छ हेरौं गति ?
वृद्धाले पनि युक्ति खोज्न सहसा मौका तरीका ठिक ।
वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥१० ॥

राखौं चिन्तन भावना सहजले, सोची सकारात्मक ।
हो चाहिन्छ त बन्न स्वस्थ्य तन यो, मस्तिष्क,शारीरिक॥
बाँच्ने जीवन प्रेरणा मनुजले, देओस् सदा कालिक ।
वृद्धाको प्रति धारणा मनुजमा छोडोस् सकारात्मक ॥११॥

०००
कोटेश्वर,काठमाडाैं 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
वृद्ध चिन्तन -६

वृद्ध चिन्तन -६

राजेन्द्रकुमार बज्राचार्य
वृद्ध चिन्तन -५

वृद्ध चिन्तन -५

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान (शृङ्खला- ४)

वृद्धाको माया र सन्तान...

राजेन्द्रकुमार बज्राचार्य
वृद्धाको माया र सन्तान

वृद्धाको माया र सन्तान

राजेन्द्रकुमार बज्राचार्य
ज्ञान हस्तान्तरण

ज्ञान हस्तान्तरण

राजेन्द्रकुमार बज्राचार्य
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
आमा पुजेर बस्ने

आमा पुजेर बस्ने

रामशरण न्याैपाने
जन्म-दाता पितामाता

जन्म-दाता पितामाता

हरिप्रसाद रिमाल
“बा” काव्यांश- २३

“बा” काव्यांश- २३

दीनानाथ पाेखरेल