सुरेशकुमार पाण्डेअप्रिलफुल !
"नेताजीले सधैं ऊल्लु बनाउनु हुन्छ आज बल्ल बिचरा विरेन्द्रको पालो आएछ, नेता र नेतापत्नीलाई उल्लु बनाउने दिन ।" यसाे भन्दै कर्मचारीहरू आपसमा खित्का छाडेर हाँस्न थाले ।

सुरेशकुमार पाण्डे :
“सर्मिला भाउजू नेताजीको गाडी पल्टियो रे, छिट्टै सिटी असपत्ताल पुग्नुहोस्।”- विरेन्द्र घरैमा आएर भन्यो।
“के कसरी भयो बाबु ?”-सर्मिलाले अत्तालिँदै सोधिन् ।
“भाउजू ! त्यो त मलाई पनि थाहा छैन । हजुर छिट्टै पुग्नुहोस् ।” -विरेन्द्रले त्यति भन्यो र आफ्नो बाटो लाग्यो ।
सर्मिला जस्तो अबस्थामा थिइ उस्तै फटाफट बाहिर निस्केर अटोमा बसी र सिटी हस्पिटल पुगी ।
बाहिर धेरै मानिसहरू जम्मा भएका थिए । मानिसहरू जम्मा भएको देखेर ऊ चिच्याउँदै रून थाली।
“के भयो दिदी ? – रोएको देखेर उसलाई कर्मचारीले सोधे ।
“बाबु ! नेता ठग्गुलाल कुन वार्डमा हुनुहुन्छ ?”- उसले सोधी।
“यहाँ त नेता आउनु भएको छैन त । केभयो र ? उँहालाई।”- रजिस्टरमा हेरे कर्मचारीले सोध्यो।
“उहाँको दुर्घटनामा पर्नु भयो भन्ने खबर विरेन्द्र बाबुले घरैमा आएर भनेका हुन्।” – उसले भनी ।
“ओहो दिदी, बरू उहाँलाई फोन गरिस्योन ! कौवाले कान लग्यो भन्याे भने कान छाम्ने कि कौवाको पछि दौडिने ?”-उसले सुझायो।
सर्मिलाले तुरून्तै आफ्नो लोग्नेलाई फोन लगाई।
“हेलो !
“हँ, भन के भयो ? फाेनमा नेता ठग्गुलाल बाेल्दै थिए ।
“हजुरर ठिक त हुनुहुन्छ ?” – सर्मिलाले सोधी।
“म त ठिकै छु, भर्खर घर आइपुगेँ । बरू तिमी कहाँ छौ ?”-उताबाट सोधियाे ।
“म यतै बजारतिर आएकी थिएँ, ल ल म घर पुग्छु पाँच मिनेटमा ।”- सर्मिलाले फोन काटी।
“दिदी ! सय दिन सुनारको एकदिन लोहारको । आज कुन दिन हो थाहा छ हजुरलाई ?”- कर्मचारीले भित्ते पात्रोतिर इसारा गर्दै भन्यो।
“म त्यो विरेन्द्रलाई छाड्दिनँ”-ऊ रिसमा फतफताउँदै फर्की।
“नेताजीले सधैं ऊल्लु बनाउनु हुन्छ आज बल्ल बिचरा विरेन्द्रको पालो आएछ, नेता र नेतापत्नीलाई उल्लु बनाउने दिन ।” यसाे भन्दै कर्मचारीहरू आपसमा खित्का छाडेर हाँस्न थाले ।
०००
१९ चैत्र २०८०
घोराही- १८, दाङ
Subscribe
Login
0 Comments
Oldest





































