साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रिलफुल !

"नेताजीले सधैं ऊल्लु बनाउनु हुन्छ आज बल्ल बिचरा विरेन्द्रको पालो आएछ, नेता र नेतापत्नीलाई उल्लु बनाउने दिन ।" यसाे भन्दै कर्मचारीहरू आपसमा खित्का छाडेर हाँस्न थाले ।

Nepal Telecom ad

सुरेशकुमार पाण्डे :

“सर्मिला भाउजू नेताजीको गाडी पल्टियो रे, छिट्टै सिटी असपत्ताल पुग्नुहोस्।”- विरेन्द्र घरैमा आएर भन्यो।

“के कसरी भयो बाबु ?”-सर्मिलाले अत्तालिँदै सोधिन् ।

“भाउजू ! त्यो त मलाई पनि थाहा छैन । हजुर छिट्टै पुग्नुहोस् ।” -विरेन्द्रले त्यति भन्यो र आफ्नो बाटो लाग्यो ।

सर्मिला जस्तो अबस्थामा थिइ उस्तै फटाफट बाहिर निस्केर अटोमा बसी र सिटी हस्पिटल पुगी ।
बाहिर धेरै मानिसहरू जम्मा भएका थिए । मानिसहरू जम्मा भएको देखेर ऊ चिच्याउँदै रून थाली।

“के भयो दिदी ? – रोएको देखेर उसलाई कर्मचारीले सोधे ।
“बाबु ! नेता ठग्गुलाल कुन वार्डमा हुनुहुन्छ ?”- उसले सोधी।

“यहाँ त नेता आउनु भएको छैन त । केभयो र ? उँहालाई।”- रजिस्टरमा हेरे कर्मचारीले सोध्यो।

“उहाँको दुर्घटनामा पर्नु भयो भन्ने खबर विरेन्द्र बाबुले घरैमा आएर भनेका हुन्।” – उसले भनी ।

“ओहो दिदी, बरू उहाँलाई फोन गरिस्योन ! कौवाले कान लग्यो भन्याे भने कान छाम्ने कि कौवाको पछि दौडिने ?”-उसले सुझायो।

सर्मिलाले तुरून्तै आफ्नो लोग्नेलाई फोन लगाई।
“हेलो !
“हँ, भन के भयो ? फाेनमा नेता ठग्गुलाल बाेल्दै थिए ।
“हजुरर ठिक त हुनुहुन्छ ?” – सर्मिलाले सोधी।
“म त ठिकै छु, भर्खर घर आइपुगेँ । बरू तिमी कहाँ छौ ?”-उताबाट सोधियाे ।
“म यतै बजारतिर आएकी थिएँ, ल ल म घर पुग्छु पाँच मिनेटमा ।”- सर्मिलाले फोन काटी।

“दिदी ! सय दिन सुनारको एकदिन लोहारको । आज कुन दिन हो थाहा छ हजुरलाई ?”- कर्मचारीले भित्ते पात्रोतिर इसारा गर्दै भन्यो।

“म त्यो विरेन्द्रलाई छाड्दिनँ”-ऊ रिसमा फतफताउँदै फर्की।

“नेताजीले सधैं ऊल्लु बनाउनु हुन्छ आज बल्ल बिचरा विरेन्द्रको पालो आएछ, नेता र नेतापत्नीलाई उल्लु बनाउने दिन ।” यसाे भन्दै कर्मचारीहरू आपसमा खित्का छाडेर हाँस्न थाले ।

०००
१९ चैत्र २०८०
घोराही- १८, दाङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
परिवर्तनको राज

परिवर्तनको राज

सुरेशकुमार पाण्डे
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
ग्यास

ग्यास

सुरेशकुमार पाण्डे
सुव्यवस्था

सुव्यवस्था

सुरेशकुमार पाण्डे
पावर

पावर

सुरेशकुमार पाण्डे
निर्णायक को ?

निर्णायक को ?

सुरेशकुमार पाण्डे
महात्म्य

महात्म्य

रामकृष्ण ढकाल
कालचक्र

कालचक्र

नन्दलाल आचार्य
ई खा ! भन्सारमा चोरेको रक्सी त पानी पो रैछ !

ई खा ! भन्सारमा...

सुरेशकुमार भट्ट
दलबहादुरको पेशा

दलबहादुरको पेशा

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x