साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म साँढे

तँ साँढे बनेरै कहाँसम्म पुग्छस् कि खाएर पीयूष कौवा ठहर्छस् तँ छाडा तँ घाँडो ठुटे प्रश्न गर्छस् कि राजा बनेको दिवास्वप्न देख्छस् ?

Nepal Telecom ad

सुशील रिजाल :

बनायौ मलाई कि उन्मत्त जीव
छ वा ईश मेरो सधैँ वन्दनीय
म नन्दी बसाहा कि साँढे कि गोरु
कतै नाम तल्ला कतै छन् पवित्र ।

जुगौँदेखि हामी थियौँ मस्त खेल्न
र कैल्यै कसैले सकेनन् बदल्न
न बन्छन् कतै खोर बाँध्ने छ ठाउँ
म यस्तै डुलेरै मजा लुट्न पाऊँ ।

पुकारा छ मेरो घुरी डुल्न पाऊँ
तगारा र किल्ला मिची भित्र जाऊँ
पछारी विपक्षी जितूँ गर्व मान्छु
जुधाएर सारा रमाएर बस्छु ।

सिँगौरी म खेल्ने फिजाएर अस्त्र
म नन्दी कि योगी म जोधा कि भ्रष्ट
म डामेर साँढे बनेको छु उम्दा
अहङ्कार फुर्ती छ मेरो पवित्र ।

तँ साँढे बनेरै कहाँसम्म पुग्छस्
कि खाएर पीयूष कौवा ठहर्छस्
तँ छाडा तँ घाँडो ठुटे प्रश्न गर्छस्
कि राजा बनेको दिवास्वप्न देख्छस् ?

म आफैँ छु ज्याद्रो मलाई नछेक
म छाडा बनेरै सधैँ घुस्छु खेत
सिँगौरी नखेल्नू म हानेर छाड्छु
म छाडा म साँढा सदा उच्च हुन्छु ॥

०००
कीर्तिपुर काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रमिता

रमिता

सुशील रिजाल
नयाँ खाल !

नयाँ खाल !

सुशील रिजाल
भ्रमकाे खेती

भ्रमकाे खेती

सुशील रिजाल
कालाे बिरालाे

कालाे बिरालाे

सुशील रिजाल
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
हाँसो

हाँसो

हरिप्रसाद घिमिरे
बेहुली घाम

बेहुली घाम

तारा पराजुली
उमेर र मन

उमेर र मन

नम्रता गुरागाइँ
0
Would love your thoughts, please comment.x
()
x