साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सत्ताको माकुरीजाल

सारमा आक्रोशबाट उत्पत्ति भएको कुनै पात्रले मानवीय चेत बोक्न सक्दैन बरू त्यस्ता पात्रले सदैव आफू चर्चामा रहन नयाँ नयाँ नौटङ्की गरिरहन्छ, कुनैदिन एउटा चलाक कारीगरले चतुर्‍याइँ पूर्वक उसलाई नाङ्गै नघुमाएसम्म ।

Nepal Telecom ad

शम्भु गजुरेल :

हिजोआज विकासको अनिकाल पर्‍यो भनेर विकासे झोला भिर्नेको हुल बर्बराएको सुनिन्छ । सुशासन भएन भनेर अराजकताको स्तम्भ बनाएर पूजा गर्ने चलन बढेको छ । राजा र नेताको तुलना गराएर राजाको विलास, यौन लिप्सा, सत्तामोह, सम्पत्ति सञ्चय, एकाधिकार, तानाशाही प्रवृत्ति लगायत सबै खाले कुकृत्यलाई वर्तमानमा नेताका कणभर त्रुटिलाई विशालकाय खगोलीय पिण्ड बनाएर विनाशकारी पुच्छ्रे तारा बनाउने अघोषित तानावाना बुन्नेको लघु उद्योगबाट नाटकका नवीन पात्र जन्माइएका छन् लगातार । के अराजकता, बेरोजगारी, भ्रष्टाचार बढेर विकासको यात्रा प्रजातान्त्रिक व्यवस्थामा रोकिएकै हो त ? प्रश्न गम्भीर छ ! मेरा नजरले नियालेको सत्यतथ्य पस्किने जमर्को गर्दैछु ।

इतिहासका नृपको आराधनामा ध्यानासन्न रैतीको बृहत् जमातले जबसम्म राजाको चरण पखालेको दुर्गन्धित पानीलाई देवामृत सम्झेर सेवन गरिन्थ्यो राजदरवारमा तबसम्म महारानी, रानी, नानी, सुसारे, धाइ, नर्तकी, भित्रीणि, रखैल अनेकौं पदवी धारी नारीलाई विलासको गिलास बनाउन सहज थियो । विकासको नाममा फाल्गुन महिनामा राजाको लाङटाङ उपत्यकामा यात्रा गराइँदा फलेको आँपको वृक्ष लगेर यहीँ नै फलेको महाराज हजुरका कृपाले भन्ने हुक्केहरूले जनतालाई सदैव गधा बनाए । सात समुद्र पारीबाट भित्र्याइएका मखमली “लाल कालिन” माथि अवतरित भगवानको यात्रा गराएर राज्य भित्रका राज्य बक्सिसमा हत्याउने विनायक प्रवृतिको जमातले कहिल्यै किनाराका मानव आकृतिलाई मान्छे स्वीकार गर्न चाहेन । सोही विचारधाराको गनाउने सिनो बोकेर अहिलेसम्म ठसठसी कन्ने उक्त भारदारी जमात अहिले पनि कनिरहेको छ ।

सन्तोषको चरमोत्कर्षमा पुग्ने अबस्था नभएपनि मसानघाटको मुर्कट्टाको कथा बेचेर विलासी जीवन जिउनेहरूले भने जस्तो निराश हुनुपर्ने अवस्थामा पुगेको भने हुँदै होइन । छिमेकी भारतमा रेलको जालो ओछ्याइँन शुरु गरिएको समयमा पनि राज्यको श्रोतदेखि जनताको मालिक बनेका शासकले झन्डै अढाई सय वर्ष सत्तामा बसेर भोग विलास गर्दा गोरेटो नपुगेको स्थानमा प्रजातान्त्रिक प्रणालीको ३० वर्षे शासनले सडक बनाएको देखिन्छ । आदेशानुसार दिनलाई रात भन्न बाध्य रैती आज सत्ताको टुप्पी समातेर बाहिर पछार्न सक्ने हैसियत बोकेर उभिएको छ । व्रतबन्धको दिन गराइने देशाटनको विस्तारित स्वरूप नै भन्नुपर्छ अहिले पर देश जाने चलन बढेको छ । चेतना, समृद्धि, मानवीय भावना परिस्कृत भएको वर्तमानमा केही विसङ्गति पनि नमौलाएका भने पक्कै होइनन् ।

उत्तराधिकारी चयन गरिने राजसी प्रथाको उन्मूलन गर्न बनेको गणतन्त्र सम्म आउँदा पनि निर्वाचित शासकले आफ्ना विर्यमा वा आफ्नै वंशावली भित्रका डिम्ब छानेर उत्तराधिकारी बनाउने प्रथा गणतन्त्रको निमित्त महारोग बनेको छ । नवीन कंश र नवीन किलिओपेट्रा लाई “मधुशाला” र “बधुशाला” को अधिपति बनाउने निर्वाचित शासकको चाहनाले उनीहरूको दिमागमा भरिएको गहुतको असर झल्काउछ ।

विधिको परिपालनामा हुने पक्षपातको उन्मूलन र न्यायपूर्ण समाजको परिकल्पनाका निमित्त अति अराजकताको पछाडि “काउकाउ” गर्ने जमातले एउटा अभियन्ता त निर्माण गर्न सक्छ तर कुशल प्रशाशक जन्माउन सक्दैन । प्रचण्ड, ओली, देउवाद्वारा उभ्याइने विद्या, सुहाङ, रेणु, आरजु, मानसी आदि जन्मसिद्ध राजकुमारको प्रतिबिम्बमा ल्याइने हर्क, बालेन, रविहरू समाधान होइनन् आक्रोश हुन् । अराजकताको भुमरीमा रुमल्लिएका पात, धुलो, पिठो सबै उस्तै लाग्छन् तर सारमा आक्रोशबाट उत्पत्ति भएको कुनै पात्रले मानवीय चेत बोक्न सक्दैन बरू त्यस्ता पात्रले सदैव आफू चर्चामा रहन नयाँ नयाँ नौटङ्की गरिरहन्छ, कुनैदिन एउटा चलाक कारीगरले चतुर्‍याइँ पूर्वक उसलाई नाङ्गै नघुमाएसम्म ।

विषयको लठारो जति पोँयाको बाटेपनि गाउँका जमिन बाझो राखेर सिड्नीमा कप पखाल्ने, टोरन्टोमा कफ खकाल्ने, लिस्बनमा शरणार्थी कार्ड झुण्ड्याएर भत्ता निल्दै थकानको आवेगमा च्याठ्ठिएर सत्तालाई आरोपित बनाउदै हिँड्ने जमात वास्तविक रूपमा अबुझ हो वा बुझेर पनि आफ्नो लागि राजनैतिक अवतरणको मार्ग बनाउँदै छ त्यो मुख्य विषय हो । छाडा र उन्मत्त साँढे जस्ता तानाशाही प्रवृत्ति मानवीय हितका दृष्टिकोणबाट कदापि सही हुनै सक्दैन ! पात्र र प्रवृति परिवर्तनको प्रशस्त अवसर भएको प्रजातान्त्रिक परिपाटीको विकल्पमा अराजक मुखुण्डोद्वारा मुक्तिको परिकल्पना धुरीमा आगो लगाएर घरभित्र लुक्नु जस्तै हो ।

०००
नुवाकोट, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
छद्म छायाहरू

छद्म छायाहरू

शम्भु गजुरेल
बिनाकाम दामैदाम

बिनाकाम दामैदाम

शम्भु गजुरेल
मेरो जेठो छोरो

मेरो जेठो छोरो

शम्भु गजुरेल
कालकाे काल छैन

कालकाे काल छैन

शम्भु गजुरेल
अन्तिम इच्छा

अन्तिम इच्छा

परशुराम पराजुली
मायाको चिनो

मायाको चिनो

आर.सी. रिजाल
आमा

आमा

फित्काैली डटकम
मेरो सपनामा केही शब्द र प्राणी !

मेरो सपनामा केही शब्द...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
धुलाईका प्रकारहरू

धुलाईका प्रकारहरू

संप्रस पाैडेल
0
Would love your thoughts, please comment.x
()
x