साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ढेवा महिमा

तारा झार्छ हजार लाख गफले मीठा कुरा क्षेमका । आँखाले रवि, चन्द्र यी गगनमा कुर्दै बसे प्रेमका ॥ अल्छी मानवका कुरा अझ बढे ठग्ने अनेकौं कला । भोका, दीन, गरीब चुस्छ सहजै रेटेर घाँटी गला ॥

Nepal Telecom ad

हेमराज पन्त :

ढेवाले अभिमान फल्दछ यहाँ फुल्दैछ आडम्बर ।
ढेवा साधनमात्र हो बुझ सखे के सत्य भेटिन्छ र ॥
ढेवामा छ रवाफ मुर्ख जनको सम्मान ढल्दै गयो ।
ढेवाको गुणगानमा रत हुने के मुर्ख ज्ञानी छ यो ॥१

खोजी हेर्छु अतीतका विकटता सौभाग्य तिम्रो धन ।
पैसा बन्छ टिलो बुझे हृदयले उद्दण्ड केको झन ॥
पैसाकै गफगाफ हुन्छ दिनमा वा रातमा तर्कना ।
पैसा भूत सवारले मनुजमा देखिन्न नौलोपना ॥२

पैसा गर्छ विचार नष्ट जसको पाखण्ड कैयौँ छरी ।
पैसा जान्छ सधैं उडी पवन झैँ यो चैतको हुण्डरी ॥
पैसामा छ विषाक्त क्रोध सपना पैसा तिमी बैगुनी ।
नाता,प्रेम,दया,विवेक मनको पोल्दैछ पैसा खुनी ॥३

छाया शीतल शान्ति मिल्दछ भनेके काम खै बोटको ।
थप्दै जान्छ सदैव कष्ट धनले धान्थ्यो कहाँ चोटको ॥
बोलीमा छलछाम सुन्दछु सधैँ आचार गिर्दै गयो ।
जालीमात्र बनेछ मानव कठै ! सर्वोच्च ढेवा भयो ॥४

एक्लै गर्छ बखान किन्तु धनको लाखौं सयौं लाखको ।
यो सम्मान चरी बनी अधमरी सुन्दै कुरा चाखको ॥
देखे ज्ञान र योग्यता रकममा सुस्तै बसी गेहमा ।
कालो सोच बिचार देख्छु धमिलो आलस्यता देहमा ॥५

तारा झार्छ हजार लाख गफले मीठा कुरा क्षेमका ।
आँखाले रवि, चन्द्र यी गगनमा कुर्दै बसे प्रेमका ॥
अल्छी मानवका कुरा अझ बढे ठग्ने अनेकौं कला ।
भोका, दीन, गरीब चुस्छ सहजै रेटेर घाँटी गला ॥६

०००
पाटन २ सिलङ्गा, बैतडी
हालः पहलमानपुर, कैलाली

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पीडा

पीडा

हेमराज पन्त
गुनासो

गुनासो

हेमराज पन्त
म लाछी

म लाछी

हेमराज पन्त
आधुनिकता

आधुनिकता

हेमराज पन्त
जुकेबल

जुकेबल

हेमराज पन्त
सम्मानवाल

सम्मानवाल

हेमराज पन्त
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
बुबा

बुबा

विदुर अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x