सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

कल्पना फाउन्डेसनद्वारा खप्तडमा सिर्जना वाचन कार्यक्रम

अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरियो ।

Nepal Telecom ad

“साहित्यको सिर्जना समाजमा भद्रता पर्यटन प्रवर्द्धनमा हाम्रो ऐक्यबद्धता” भन्ने मूल मर्मका साथ कल्पना फाउन्डेसन नेपालले पश्चिम नेपालको पर्यटकीय स्थल खप्तडमा अवलोकन भ्रमण कार्यक्रम सम्पन्न गरेको छ।

नयाँ वर्ष २०८१ को पूर्व सन्ध्यामा आयोजित उक्त पाँच दिने भ्रमणमा समुद्री सतहदेखि ३०८४ मिटर अग्लो स्थानमा रहेको खप्तड बाबाको आश्रम अगाडि फाउन्डेसनको विभाग विस्तार र रचनावाचन कार्यक्रम समेत सम्पन्न गरिएको हाे।

कल्पना फाउन्डेसन नेपालको अध्यक्ष कल्पना पौडेल जिज्ञासुको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा फाउन्डेसनका सचिव लेकप्रसाद प्याकुरेलको संयोजकत्वमा साहित्य विभाग गठन गरियो ।

उक्त विभागका अन्य सदस्यहरूमा चरित्रा शाह, गीता अर्याल,बोधराज प्याकुरेल र इन्दिरा गौतम रहेका छन् । फाउन्डेसनका उपाध्यक्ष ऋषिराम सापकोटाद्वारा सम्पूर्ण उपस्थित साहित्यिक एवं योगकर्मी साधकहरूलाई शब्दगुच्छा सहित स्वागत गर्नुका साथै कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नुका साथै फाउन्डेसनले आगामी दिनहरूमा कला र संस्कृति विभागसमेत गठन गर्ने योजना व्यक्त गरेका थिए ।

संयोजक चयन भएपश्चात् लेकप्रसाद प्याकुरेलले फाउन्डेसनले २०८१ को वैशाख महिनाभित्रै प्रशिक्षणात्मक कार्यक्रम आयोजना गर्ने बताए ।

त्यसैगरी उपस्थित सम्पूर्ण व्यक्तित्वहरूलाई सम्बोधन गर्दै फाउन्डेसनकी अध्यक्ष पौडेलले छिटै नै फाउन्डेसनले ५ लाख अक्षय कोष जम्मा गर्ने र उक्त अक्षय कोषद्वारा साहित्य र समाजसेवामा लागेका व्यक्तित्वहरूलाई पुरस्कृत गर्दै लैजाने विचार अभिव्यक्त गरेकी थिइन् ।

सोही कार्यक्रमको दोस्रो चरणमा खप्तड बाबाको अर्ध कदको शालिक अगाडि रचनावाचन कार्यक्रम सम्पन्न भएको थियो। भेरी साहित्य समाज केन्द्रीय समितिका सदस्य समेत रहेका बोधराज प्याकुरेलले लघुकथा वाचन गरेपश्चात निरन्तरता पाएको उक्त रचनावाचनमा इन्दिरा गौतम, गीता अर्याल लगायतका स्रष्टाहरूले समेत रचनावाचन गरेका थिए।

कार्यक्रममा उपस्थित सबैले नयाँ वर्ष २०८१ को शुभकामना आदानप्रदान गर्नुका साथै केहीबेर नृत्य सहितको मनोरञ्जनात्मक सांगीतिक प्रस्तुति समेत गरिएको थियो ।

ज्ञान योग केन्द्र खजुराका उपाध्यक्ष रविन शर्मा, सचिव रत्ना कार्की, कोषाध्यक्ष पद्मा शर्मा, सदस्यहरू निलम कुँवर, मन्दिरा निरौला, निशा शर्मा, हेमलता पौडेल, समाजसेवी परशुराम शर्मा, शिक्षक शरणहरि सापकोटा, सरस्वती सापकोटा लगायत दुई दर्जन जति साहित्यकार एवं योग साधकहरूको उपस्थितिमा सम्पन्न भएको उक्त कार्यक्रमको सहजीकरण फाउन्डेसनका सचिव प्याकुरेलले गरेका थिए ।

०००

Fitkauli Publication Books comming soon
Nepal Telecom ad