सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

आमाले दिएको संस्कार !

बालककी आमासित भेटेर भनिन्- बहिनी ! तपाईंले आफ्नो सन्तानलाई जुन अमूल्य संस्कार दिनुभएको छ, त्यो हामीले आफ्ना सन्तानलाई कहिल्यै दिन सकेनौँ । तपाईं धन्य हुनुहुन्छ ।

Nepal Telecom ad

नीलकण्ठ शर्मा :

एउटा बालक सहरको भव्य भवनको घन्टी बजाइरहेको थियो । घरधनी महिलाले ढोका खोलेपछि बालकले हात जोड्दै भन्यो- आन्टी, म तपाईंको बगैँचा सफा गरिदिऊँ ? घरधनी महिलाले भनिन्- अहँ पर्दैन, हामी आफैँ सफा गर्छौं ।
बालकले हात जोडेरै भन्यो- प्लिज आन्टी, म निकै राम्रोसँग सफा गर्छु, सफा गर्ने अनुमति दिनुहोस् न ! बालकको कुरा सुनेर मनमा दया पलाएपछि उनले सोधिन्- ठीक छ, तिमी सफा गर्न सक्छौ । तर, कति पैसा लिन्छौ नि ?
बालकले भन्यो- मलाई पैसा चाहिँदैन, खाना दिनुभए हुन्छ ।

महिलालाई बालक निकै भोको रहेछ भन्ने लाग्यो । उनी किचनमा गइन् र उसका लागि खाना ल्याइदिइन् र भनिन्- ल बाबु, तिमी पहिला खाना खाऊ अनि काम गर । बालकले जवाफ दियो- पर्दैन आन्टी, पहिले म काम नै पूरा गर्छु ।
करिब एक घन्टामा बालकले काम सिध्याएर महिलालाई काम देखायो । काम देखेर उनी निकै खुसी भइन् । उनले बालकलाई खाना ल्याइदिइन् । तर, बालकले खाना खानुको साटो झोलामा खन्याएर पोको पार्‍यो । त्यो देखेपछि ती महिलाले उसलाई त्यसको कारण सोधिन् । बालकले जवाफ दियो- घरमा आमा निकै बिरामी हुनुहुन्छ ।
औषधि त सरकारी अस्पतालबाट निःशुल्क पाइयो । तर, औषधि खाली पेटमा खान मिल्दैन ।

बालकको कुरा सुनेपछि महिलाका आँखा रसाए । उनले आफ्नै हातले बालकलाई खाना खुवाइन् । उसकी आमाका लागि तात्तातो खाना तयार गरेर बालकसँगै उसको घर गइन् । बालककी आमासित भेटेर भनिन्- बहिनी ! तपाईंले आफ्नो सन्तानलाई जुन अमूल्य संस्कार दिनुभएको छ, त्यो हामीले आफ्ना सन्तानलाई कहिल्यै दिन सकेनौँ । तपाईं धन्य हुनुहुन्छ ।

०००
काठमाडौं

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
भो जीवनी बन्जर (७)

भो जीवनी बन्जर (७)

हेम अधिकारी
बाबाआमा रमाऊन्- (०१)

बाबाआमा रमाऊन्- (०१)

दीनानाथ पाेखरेल
बुढ्यौली

बुढ्यौली

भगवतीप्रसाद शर्मा
पाकाले रिसाउन छोडौँ, मस्कने गरौँ !

पाकाले रिसाउन छोडौँ, मस्कने...

डा. मुकेशकुमार चालिसे